थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन - Naya Online

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुखधुनहरुको प्रस्तुति हाम्रो धुन: हाम्रो धड्कन कार्यक्रम नाचघर, जमलमा सम्पन्न भएको छ । नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा प्राज्ञ अशोक राईको संयोजन र संगीतनिर्देशनमा सो कार्यक्रमको आयोजना आइतबार गरिएको हो ।

नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनको अध्यक्षतामा सुरु भएको कार्यक्रममा तीन प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ, गंगाप्रसाद उप्रेती तथा के.के. कर्माचार्यबाट संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको थियो ।

प्रभाकरदेव शर्माको शब्द, विपिन घिमिरेको संगीत र शारदा देवीसिल्वालको नृत्य निर्देशन रहेको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रमा क्रमशः वालुङ समुदायको घाना ढाकी किला (घरपैँचो गीत), थारु समुदायको थारपैयाँभाका, सौका समुदायको झुम्काभाका, वालुङ समुनायको लुङ्मा ठामी पाङ्सोम देमुना (लोकभाका), थारु समुदायको ढुङ्ग्रु भाका, सौका समुदायको छलिया भाका, वालुङ समुदायको ठिही फामी ङाक्छ्याङ अर्थात अर्ती उपदेशको गीतको भाका, थारु समुदायको हुर्दङ्या भाका र सौका समुदायको छिराबैरा भाका गरी तीन समुदायका नौ वटा लोपोन्मुख भाकाहरुको प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक कुमार राईले स्वागत मन्तब्य दिँदै उद्देश्य मिल्ने प्रज्ञा प्रतिष्ठानहरु तथा अन्य संघसंस्थाहरुसँगको सहयात्रालाई प्रभावकारी ढंगले अगाडी बढाउँदै लैजाने बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्नु हँुदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोपोन्मुख अवस्थामा पुगेका धुनहरुलाई संरक्षण गर्ने हेतुले आयोजना गरिएको कार्यक्रमका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य अशोक राईलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमको निरन्तरताका लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले कोभिडका कारण भौतिक रुपमा कार्यक्रमहरु गर्न नसकिरहेको अवस्थामा तीन समुदायका लोपोन्मुख धुनहरुको प्रस्तुति हाम्रो धुनहाम्रो धड्कन सफलताका साथ सम्पन्न भएकोमा सम्पूर्ण अतिथि, कलाकार, वाद्यवादक, गायकगायिका, नृत्यकलाकार, प्राविधिक सहयोगीहरु, पत्रकारहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

धुनहरुको प्रस्तुति कार्यक्रममा वाद्यवादन सनाईमा धनबहादुर गुरुङ, सारङ्गीमा भरत नेपाली, सन्तोष पाठक, सन्जोग मल्ल, बाँसुरीमा गोपाल देव, रत्न बि.क., दुर्गा खतिवडा, टुङ्नामा छेवाङ तेन्जिङ लामा, मिङ्मार लामा, लोकराज राई, मादलमा खड्ग बढामगर, भरत बुढाथोकी, नरेस प्रजापतिलगायतको प्रस्तुतिरहेको थियो भने कोरस गायनतर्फ कला राई, रिता केसी, शिला विष्ट, सञ्जय तुम्रोक र बिपिन घिमिरे थिए ।

शारदा देवीसिल्वालको नृत्य निर्देशन रहने स्वागतगीतमा रेखा कटुवाल, सबनम सिल्वाल, माया थापा, सुशिला थापा, गीता थापा, सूर्या कार्की, सनम खडगी, छबि थापा, दिपेश माझी, शेखर घर्ती मगर ननिब गुरुङ र सुजित श्रेष्ठको नृत्य रहनेछ । प्रभाकर देवशर्माको शब्द रहेको गीतमा विपिन घिमिरेको सङ्गीत रहेको छ ।

कार्यक्रमको अन्तमानेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ(रायन) को सम्बोधनपश्चातप्रस्तुतिदिने कलाकारहरुलाई प्रमाणपत्र समेतवितरण गरिएको छ ।

कार्यक्रममा प्राज्ञ प्रतिष्ठानहरुका कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद् सदस्यहरु, प्राज्ञ सभा सदस्यहरु, संगीतकर्मीहरु, कर्मचरीहरुको उपस्थिति रहेको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...

‘माङ्गेन्ना चो?लुङ्’को छायांकन सम्पन्न

काठमाडौ, ६ कात्तिक । लिम्बू भाषाको पालाम गीत ‘माङ्गेन्ना चो?लुङ्’ को म्युजिक भिडियोको छायांकन...

पञ्च लिम्बूको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, ६ कात्तिक । क्यानडामा रहेर नेपाली गीत संगीत तथा म्युजिक भिडियो उत्पानमा सक्रिय...

सेमिहाङ सिंगकको पारेना पारेना सार्वजनिक

काठमाडौँ, ६ कात्तिक । गीत लेखन र संगीतमा सक्रिय रहेका सेमिहाङ सिंगक गायनमा पनि...

‘सैईया धिरे धिरे’ सार्वजनिक

काठमाडौ ६ कार्तिक । मोफसलमा रहेर पनि नेपाली चलचित्र निर्माण र भाषिक गीत संगीतलाई...

‘आफ्नो घरमा चलचित्रको छायांकन भएपछि अभिनयमा मोह जाग्यो’ –निशाम तुम्बापो

२०७४ सालमा निशाम तुम्बापोको आफ्नै घरमा एउटा चलचित्रको छायांकन भयो । त्यसअघि चलचित्र हेरेको...

अब गायक मोनी ताम्लिङ मोडल पनि

काठमाडौँ, ३ असोज । गायक मोनी ताम्लिङ मोडल पनि भएका छन् । गायक, एरेन्जर,...

फुलारा लिटरेचर फाउण्डेशनद्वारा ‘राष्ट्रिय मानार्थ सम्मान –२०७८’ सार्वजनिक

काडमाण्डौं, २६ आश्विन । ‘हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य–नेपाली मौलिक कला, संस्कृति र...

‘आँखाकै परेलीमा गाजल पोतेकी’

काठमाडौ २६ असोज । दशैं छेको पारेर ‘आँखाकै परेलीमा गाजल पोतेकी’ बोलको म्युजिक भिडियो...

‘यो माया कस्तो माया’को शिर्ष गीत सार्वजनिक

काठमाडौ २६ असोज । नेपाली कथानक चलचित्र ‘यो माया कस्तो माया’ गीत सार्वजनिक भएको...