३ किलो सुन सहित २ जना पक्राउ - Naya Online

३ किलो सुन सहित २ जना पक्राउ

काठमाडौं, ३० भदौ । काठमाडौं महानगरपालिका–८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक उडान तर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहना सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली बर्दगोरिया गाउँपालिका–१ घर भएका ३० वर्षीय बोध राज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी रहेका छन् । श्री एयरलाइन्सको उडानद्वारा बिराटनगर जान लागेका उनीहरुलाई उक्त व्यागेज एरियामा खटिएको प्रहरीले एक्सरे मेशिनमा जाँच गर्ने क्रममा भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम बराबरको सुनका बिभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका विभिन्न गहना आवश्यक प्रकृया पूरा नगरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई बरामद सुन सहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारको लागि छनौट

काठमाडौं, ७ कात्तिक । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष...

खत्रीको नियात्रा सङ्ग्रह ‘उडेको आकास डुलेको धर्ती’ सार्वजनिक

काठमाडौं, ६ कात्तिक । साहित्यकार गीता खत्रीको नयाँ पुस्तक ‘उडेको आकास डुलेको धर्ती’ बजारमा...

नेपाली लोकरामायणका विविध रूप प्रकाशित

काठमाडौं, ६ कात्तिक । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली लोकरामायणका विविध रूप’ प्रकाशन गरेको छ ।...

कुम्मायकमा जसपा द्वारा टोल समिति गठन सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ कात्तिक । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. ४ मा...

नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति निर्माण

काठमाडौं, ३१ असोज । नेपाल आदिवासी जनजाति महासंघ, संघीय सचिवालयको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय प्रवास...

अदुवाको भाउमा भारी गिरावट आएपछि किसानहरु मारमा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २७ असोज । अदुवाको भाउमा यश बर्ष भारी गिरावट आएपछि...

गोर्खा वेल्फेयर ट्रस्ट धरानले पाटीगाउँमा गर्यो लाखौ रुपैयाको सहयोग।

राजकुमार लिम्बु मोरङ, २७ असोज । केराबारी गाउँपालिका वडा नं.१,पाटीगाउँमा गोर्खा वेलफेयर ट्रष्ट धरानले...

मोरङमा लुटपाट, तीन पक्राउ

मोरङ, २६ असोज । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट...

दलित विकास समितिलाई सक्रिय बनाउन शिल्पी विशेष समितिको माग

काठमाडौँ, २५ असोज । देशमा करिब २० प्रतिशत दलित बनाइएको शिल्पी समुदायको शिक्षा क्षेत्रमा...

मगर जातिलाई विभाजन गर्ने षड्यन्त्र सफल हुन दिन्नौं: अध्यक्ष रोकामगर

पोखरा, २५ असोज । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई...