आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न  - Naya Online

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु

मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ मकाउको पहलमा सम्पन्न भएको उक्त पहिलो कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोक्खा, मगर संघ, शेर्पा समाज, तामाङ घेदुङ एसोसिएसन, तमु गुरूङ समाज तथा थारू संघ लगायतका आदिवासी जनजाति संघसंस्थाहरूको उपस्थिति रहेको थियो।

किराँत याक्थुङ चुम्लुङ मकाउको महासचिव तथा आदिवासी जनजाति महासंघको सचिव मेघराज लिम्बुको स्वागत मन्तव्य सँगै शुभारम्भ भएको अन्तरक्रिया कार्यक्रममा जनजाति युवा तथा अग्रजहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

महासंघको अध्यक्ष भीम राईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा आमन्त्रित अतिथिका रूपमा उपस्थिति जनाएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई निरन्तरता दिने क्रममा शेर्पा समाज मकाउका अध्यक्ष ङ्वाङ ग्याल्जे शेर्पा, तामाङ घेदुङ एसोसिएसन मकाउका उपाध्यक्ष कुलबहादुर तामाङ तथा महासंघका सहसचिव विरेन वाइवा लगायतका वक्ताहरुले आदिवासी जनजातिको इतिहास, अस्तित्व र पहिचान तथा हकहितका बारेमा प्रष्ट पार्दै महासंघको पहल आदिवासी जनजाति समुदायलाई स्थापित गराउन नभइ पुनर्स्थापित गर्नको लागि रहेको बताए।

संयुक्त राष्ट्रसंघको मातहतमा विश्वभरी छरिएर रहेका सम्पूर्ण आदिवासी जनजातिको हकहितका लागि बनाईएको अन्तराष्ट्रिय कानुन आइएलओ १६९ ले विश्वका अधिकांश देशहरूमा व्यापकता पाएता पनि नेपालमा पटकपटक असफल रहनुको कारण बारे प्रकाश पार्दै आगामी दिनहरुमा आदिवासी जनजाति आन्दोलनलाई कसरी ससक्त रूपमा अगाडि बढाउने भन्ने बारे महासंघको महासचिव ओम तामाङले विस्तृत चर्चा गरेका थिए।

मकाउको पोर्तास स्थित आयोजित कार्यक्रममा अथितिका रूपमा उपस्थित महासंघका सल्लाहकार चण्डी योङ्या तथा किराँत राई यायोक्खा मकाउका अध्यक्ष राकेश राई लगायतका अग्रज व्याक्तित्वहरूले प्रवासमा आदिवासी जनजाति महासंघको आवश्यकता र भूमिकाबारे बताउँदै आदिवासी मुद्दाहरूलाई प्रभावकारी बनाउन अन्तराष्ट्रिय जनजाति संघसंस्थाहरूसँग कसरी सहकार्य र समन्वय गर्न सकिन्छ भन्ने बारे पनि बिचार राखेका थिए ।

कार्यक्रममा सल्लाहकार तथा अथितिहरूलाई सम्मानपत्र सँगै कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई परिचयपत्र वितरण गरिएको थियो भने दर्जन भन्दा बढी नयाँ सदस्यता समेत वितरण गरिएको थियो।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन्...

अमेरिकाको ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

काठमाण्डौँ, भाद्र २८ । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न

केश तमू पोर्तुगल, ९ सेप्टेम्बर । बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न भएको छ...

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न

लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ...

आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ

देब बाँस्कोटा इजरायल, ७ सेप्टेम्बर । भोजपुरकी सुनिता गुरुङ विगत १५ वर्षदेखि इजरायलमा कार्यरत...

मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न

केश तमु पोर्चुगल, ७ सेप्टेम्बर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले आइतवार सातौ...