चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित - Naya Online

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा स्थानीय संस्थाहरु इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्य रहेको थियो ।

एनआरएनले क्यान्टकीका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चलचित्र निर्देशक सुमन दाहाललाई बिदेशमा बसेर पनि नेपाली चलचित्र तथा म्युजिक भिडियोको माध्यमबाट नेपाली गीत संगीत, कला संस्कृतिको संरक्षण एवम् प्रवर्धनमा विशेष योगदान पुर्याएको र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोगना गर्दै आएको ठहर गर्दै सो सम्मानबाट सम्मानित गरिएको हो ।

उनी बिगत ५ वर्षदेखि क्यान्टकीको ल्याक्सिङटनमा रहेर म्युजिक भिडियो निर्देशन तथा विभिन्न सांस्कृतिक गतिविधिमा निकै सक्रिय रहँदै आएका छन् ।

यस्तै एनआरएनए क्यान्टकी स्थापना गरेर पहिलो र दोश्रो कार्यक्रममा महत्वपूर्ण योगदान पुर्याएका ठहर सहित एनआरएनए क्यान्टकीका पूर्व अध्यक्ष दिलु पराजुली सहित एनआरएनए क्यान्टकीका अग्रज व्यक्तित्व पुरुषोत्तम बोहरा, शशी अधिकारीलाई कार्यक्रममा एनआरएनए मुभमेन्ट सम्मानबाट सम्मानित गरियो । यस्तै नृत्यमा निकै प्रतिभाशाली बाल कलाकार बारुणी पान्डेलाई प्रोत्साहन सम्मान, युवा स्वयम्सेवकहरु सौरभ खड्का, सफल डुम्रे, सार्थक रिजाललाई युथ स्पोर्ट अवार्ड प्रदान गरियो ।

यस्तै निशान बुढाथोकी, विशेष पौडेल तथा ०१८ देखि २०२१ सम्म हाईस्कुल ग्राजुएट गर्ने ५० जना नेपाली विधार्थीहरुलाई प्रोत्साहन पुरस्कार पत्र प्रदान गरियो ।

एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख आतिथ्यतामा एनआरएनए आईसीसी अमेरिका क्षेत्रका आरसी राजन त्रिपाठी, अतिथिहरु एनआरएनए आईसीसी मेम्बर पुरुषोत्तम बोहरा, एनआरएनए एसीसी उपाध्यक्ष दिलु पराजुली, एन्काका अध्यक्ष थिरलाल अर्याल, नेपाल अमेरिका सोसाईटी अफ केन्टकीका अध्यक्ष राजन भुजेल, इनास केन्टकीका अध्यक्ष अर्जुन थापालगायत विभिन्न संस्थाका सल्लाहकार तथा पदाधिकारीहरु थिए ।

एनआरएनए केन्टकी च्याप्टरका उपाध्यक्ष डमरु पौडेल र सचिब अर्जुन किशोर न्यौपानेले सञ्चालन गरेको सो सम्मान कार्यक्रममा कलाकार बारुणी पान्डेले नृत्य र गायक गायक बिष्णु डुम्रेले गायन पस्किएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन्...

अमेरिकाको ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

काठमाण्डौँ, भाद्र २८ । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न

केश तमू पोर्तुगल, ९ सेप्टेम्बर । बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न भएको छ...

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न

लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ...

आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ

देब बाँस्कोटा इजरायल, ७ सेप्टेम्बर । भोजपुरकी सुनिता गुरुङ विगत १५ वर्षदेखि इजरायलमा कार्यरत...

मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न

केश तमु पोर्चुगल, ७ सेप्टेम्बर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले आइतवार सातौ...