गीतकार संघको ‘राष्ट्रिय स्रष्टा सम्मान’ असोज पहिलो सातामा हुने - Naya Online

गीतकार संघको ‘राष्ट्रिय स्रष्टा सम्मान’ असोज पहिलो सातामा हुने

काठमाडौ । गीतकार सङ्घ नेपालले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय स्रष्टा सम्मान’ कार्यक्रम आगामी असोजको पहिलो साता हुने भएको छ । कोभिडका कारण गत वर्ष हुन नसकेको र यो वर्ष भने आगामी असोजको पहिलो सातामा हुने कुरा संघको प्रेस विज्ञप्तिम उल्लेख छ ।

विज्ञप्ति अनुसार यस वर्ष नवौं ‘अमर भावना राष्ट्रिय सम्मान’, वर्ष गीत पुरस्कार, वर्ष गीत पुस्तक पुरस्कार, डायस्पोरा गीतकार सम्मान’ र यस वर्षबाट प्रदान गर्न लागेको ‘विष्णुमनसरा घले मातृभाषा गीतकार सम्मान’ वितरण गरिने छ । संघले यस वर्ष अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान २०७७’ विशिष्ट गीतकार विश्व वल्लभलाई एक लाख एकाउन्न हजार नगद सहित ताम्रपत्रले सम्मान गरिने भएको छ ।
त्यसैगरी हरेक वर्ष प्रदान गर्दै आएको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार हरि उप्रेतीलाई नगद पन्ध्र हजार र प्रमाणपत्र सहित ‘डायस्पोरा गीतकार सम्मान २०७७’ प्रदान गरिने भएको छ । यस वर्षबाट प्रदान गरिने ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान २०७७’ गुरुङ भाषाका गीतकार कृष्णबहादुर गुरुङ ‘लमजुङ’लाई नगद पच्चिस हजार, पाँच सय बाउन्न सहित प्रमान पत्र प्रदान गरिने भएको छ ।

संस्थामा आवद्ध सदस्यहरूले २०७७ मा सार्ववनिक गरेका र संस्थामा विधिवत रुपमा दर्ता भएको गीतहरू मध्यबाट ‘वर्ष गीत पुरस्कार २०७७’ मा दश गीत छनौंटमा परेका छन् । जसमा ‘चुडी जान’े राजु थापा, ‘आफै हिड्ने’ रमेश दाहाल, ‘सोच्दैछु’ सुरेश आले, ‘तस्विर’ रविन्द्र आशिष शैली, ‘तिमिलाई’ ध्रुब अमगाई, ‘गन्जी मैलो’ रमेश अधिकारी, ‘यही देशमा’ एचके धिताल, ‘यो कस्तो कहर’ प्रवल बिष्ट, ‘बाँचुन्जेल हाँसो’ वीवी थापा र ‘एकान्तमा’ अगम बिकराल रहेका छन् ।

वर्ष गीत तर्फ यो वर्ष ‘मनको आकाश’ गणेश श्रेष्ठ ‘अपेक्षा’, ‘फूलको मुस्कान’ घन बहादुर थापा मगर, ‘नथाक्ने मान्छे’ जेबि थुलुङ रहेका छन् । छानिएका उत्कृष्ट दश गीतहरू र तीन पुस्तक मध्येबाट विशेष समितिले चयन गर्ने एक एक सर्वोत्कृष्ट गीतलाई कार्यक्रम स्थलमै घोषणा गरि प्रत्येकलाई ५७ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष शुभ मुकारुङद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

चन्द्रकला साँबाले ल्याए बाल गीत ‘लाबे पम्बम’

काठमाडौ, ९ असोज लिम्बू भाषाको बाल गीत ‘लाबे पम्बम’ को अडियो सार्वजनिक भएको छ...

डिसहोममा ‘वीर योद्धा’

काठमाडौ । चलचित्र ‘वीर योद्धा’ शुसक्रबारबाट प्रदर्शनमा आएको छ । उद्धव अविदित निर्देशित ‘वीर...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

“पात बजाउँदै…” को म्युजिक भिडियो बजारमा

नडाहा, ३ सुनसरी । कृष्टी किराँती राईद्वारा निर्देशित “पात बजाउदै ….“ लोक गीतको म्युजिक...

हाङ चेम्जोङ्को निर्देशनमा ‘मुकुम्लुङ् लुङ्ए’को छायांकन सम्पन्न

काठमाडौ, २ असोज लिम्बू भाषाको पालाम गीत ‘मुकुम्लुङ् लुङ्ए’ को म्युजिक भिडियो छायांकन सम्पन्न...

गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडा, २ असोज। चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत भिडियोसहित...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

लिम्बुवानी महिला जागरण गीत ‘उठ दिदिबहिनी’ सार्वजनिक

काठमाडौ, ३१ भदौ महिलाहरुको जागरण गीत ‘उठ दिदिबहिनी’ को अडियो सार्वजनिक भएको छ ।...

रिता फोम्बो ठुलिको ‘फुङ्कुसिङ् मिम्जीइन्’ छायांकन सम्पन्न

  काठमाडौ, ३० भदौ लिम्बू भाषाको पालाम गीत ‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न भएको...