चाम्लिङ भाषाको ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक - Naya Online

चाम्लिङ भाषाको ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २६ भदौं । चाम्लिङ राई भाषाको ‘फोप्ती’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काजोल राईको निर्देशन, परिकल्पना र सम्पादन रहेको यस म्युजिक भिडियो हौवा अनलाइन टीभीको अफिसियल युटुब च्यानलबाट भदौ २६ गते शनिबार सार्वजनिक भएको छ ।

माटो टेक्दा पुर्खाहरूलाई सम्झन्छु । जन्मथलोको शिर ढल्दा शिरउभ्याउनी गर्छु । भाषा सिक्छु । संस्कृति सिक्छु । पहिचान जोगाउँछु । ठूलो मान्छे भएर कुलको इज्जत राख्छु । यहि भावको गीत चाम्लिङ राई भाषामा गाएकी छिन् गायिका निहारिका राईले । यसै गीतमा महिला निर्देशक राईले कथा परिकल्पना गरेकी छन् । कथामा बालसखाको फोटो भेटिन्छ । उनीहरुको लामो समयसम्म भेट भएको हुँदैन । उनीहरुलाई आआफ्नो दुःखले कहाँ कहाँ पुर्‍याएको हुन्छ । धेरै समयपछि उनीहरु पहिचानको अभियानमा भेटिन्छन् । दुबैजना जागिर, व्यवसाय छोडेर भाषासंस्कृतिको अभियानमा लागेका हुन्छन् । यो भेटमा उनीहरु खुसी मनाउँदा मनाउँदै कथा मैझारो हुन्छ ।

किरात राई यायोक्खा काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष प्रमिला राईको प्रमुख आथित्यमा एक औपचारिक कार्यक्रममार्फत् ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक भएको हो । निर्देशक काजोल राईको प्रशंसा गर्दै प्रमुख अतिथि राईले भनिन्, ‘पाँच मिनेटको गीतमा कति जीवन्त कथा परिकल्पना गर्नुभएको रहेछ । महिला आर्टिस्टहरु पनि यसरी फिल्म इन्डस्ट्रिमा निर्देशक भएको देख्न पाउँदा धेरै खुसी लागेको छ ।’ उनले म्युजिक भिडियोभित्र गीत मात्र होइन, कथा पनि हुने बताएकी छन् । यो बालगीतको म्युजिक भिडियोले नयाँ पुस्ताहरुलाई आफ्नो भाषासंस्कृतिप्रति प्रेम जगाउनेछ भन्दै उनले म्युजिक भिडियो निर्माता टिमलाई धन्यवाद दिएकी छन् ।

सांस्कृतिक अभियन्ता मविन्द्र राईले म्युजिक भिडियोले धेरै राम्रो निर्देशक पाएको बताए । उनले यसरी हरेक क्षेत्रबाट भाषासंस्कृति बचाउन लाग्नुपर्ने बताए ।

यस ‘फोप्ती’ म्युजिक भिडियोमा नियामा राई, साङ्केन राई, अनुका राई, किवाहाङ राई, इशक राई, नायुमा राई, डी.पी. राईलगायतका कलाकारहरुले अभियन गरेका छन् ।

हौवा अक्षयकोष स्थापनार्थ निर्माण गरिएको यस म्युजिक भिडियोका निर्माता जीवनजित राईले एउटा कोष बनाएर पछिल्ला पुस्ताहरुलाई प्रोत्शाहन गर्ने बताए ।

‘फोप्ती’लाई नेपाली भाषामा ‘कोपिला’ भनिन्छ । किरात राई चाम्लिङ भाषामा यो पहिलो बालगीत हो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

“पात बजाउँदै…” को म्युजिक भिडियो बजारमा

नडाहा, ३ सुनसरी । कृष्टी किराँती राईद्वारा निर्देशित “पात बजाउदै ….“ लोक गीतको म्युजिक...

गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडा, २ असोज। चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत भिडियोसहित...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

बालकृष्ण वनेमको ‘मनको विरह’ सार्वजनिक

काठमाडौ, २८ भदौ । गायक तथा संगीतकार बालकृष्ण वनेमको ‘मनको विरह’ बोलको गीतको अडियो ...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...

नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ सम्पन्न, करिष्मा, दिपाश्री, भुवन केसी लगायत सम्मानित

काठमाडौ, २७ भदौ । नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ भव्यताका साथ सम्पन्न भएको छ...

चाम्लिङ भाषाको ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २६ भदौं । चाम्लिङ राई भाषाको ‘फोप्ती’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ...

राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न

काठाडौ, २५ भदौ । सोमबार राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम २०७८ सम्पन्न...