बाढी पहिरो पीडितलाई लायन्स क्लब अफ नेपाल शेर्पाजको राहत सामग्री - Naya Online

बाढी पहिरो पीडितलाई लायन्स क्लब अफ नेपाल शेर्पाजको राहत सामग्री

दोलखा, २६ भदौ । दोलखाको कालिञ्चोक गाउँपालिका स्थित लापिलाङका पहिरो पीडितलाई न्यानो कपडा र बल्याङ्केट सहयोग गरिएको छ । एक वर्षदेखि निरन्तर रूपमा झरिरहेको बस्तिमाथिको रानीवन पहिरोका कारण आफ्नो सर्बस्व गुमाएका लापिलाङका तिन सय ५६ परिवारलाई बल्याङ्केट , सुईटर एक कार्यक्रमका बिच वितरण गरिएको छ ।

लायन्स क्लब अफ नेपाल शेर्पाज, छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र नेपाल–चीन उद्योग वाणिाज्य सङ्घ सिन्धुपाल्चोक जिल्लाको संयुक्त आयोजनामा ३५६ पिस ब्यालङ्केट, १ सय ८ पिस उनिको सुईटर वितरण भयो भने नेपाल–चीन उद्योग वाणिाज्य सङ्घ सिन्धुपाल्चोक जिल्लाको तर्फबाट मास्क ६००० पिस र सेनिटाइजर ६ लिटर वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय डिस्ट्र्क्ट ३२५ ए २ अन्तर्गत पर्ने लायन्स क्लब नेपाल शेर्पाजले स्थापनाकालदेखि नै समाजमा प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्ती, समुदायलाई विभिन्न राहत सहयोग, वातावरण जोगाउ अभियान, मधुमेह युवा सचेतना लगायत थुप्रै सामाजिक कार्यहरूमा अग्रसरता देखाउदै आइरहेको छ ।

पहिरोले रानीवनदेखि गुमुखोलासम्मको भूभाग दिनहुँ कटान गरिरहेको छ । वन क्षेत्रदेखि खोली किनारसम्मको भूगोलमा मात्रै झन्डै तीन किलोमिटर ठाडो जमिन कटान गरेकोले लापिलाङका दर्जन बस्तीहरूमा जोखिम सिर्जनो भएको पीडित गाउँलेहरु बताउँछन ।

गाउँलेहरूमा आइपरेको विपत्ति आफै पुगेर देख्दा ज्यादै मर्माहत महसुस गरेको लायन्स क्लब अफ नेपाल शेर्पाजका डिजास्टर रिलिफ सम्योजक जाङ्बु शेर्पा बताउँछन् ।

पहिरोले गर्दा थुप्रै भागहरू कटान निरन्तर भएको र जती सक्दो छिटो बस्तीलाई सुरक्षित स्थानन्तरणको खाँचो रहेको बताउँछन् लायन्स् क्लब अफ नेपाल शेर्पाजका अध्यक्ष छिरिङ शेर्पा । पीडितहरूको पीडामा थोरै मलमको राहत पुर्याउन सफल भएकोमा खुशी लागेको भएपनी वस्तुगत स्थितिले आफूलाई साच्चै पीडाबोध भएको पनि बताउँछन् ।

राहत समग्री लिएर लायन्स क्लब अफ नेपाल शेर्पाजका अध्यक्ष छिरिङ शेर्पा, क्लब डाइरेक्टर दावा शेर्पा, उपाध्यक्ष चेङ्गा शेर्पा, डिजास्टर रिलिफ संयोजक जाङ्ग्बु शेर्पा, वातावरण संरक्षण सम्योजक बिरे शेर्पा, मधुमेह संयोजक छिरिङ्ग डोल्मा शेर्पा र क्लबका अरु सदस्य लगायतको उपस्तिथि रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारको लागि छनौट

काठमाडौं, ७ कात्तिक । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष...

नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति निर्माण

काठमाडौं, ३१ असोज । नेपाल आदिवासी जनजाति महासंघ, संघीय सचिवालयको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय प्रवास...

अदुवाको भाउमा भारी गिरावट आएपछि किसानहरु मारमा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २७ असोज । अदुवाको भाउमा यश बर्ष भारी गिरावट आएपछि...

गोर्खा वेल्फेयर ट्रस्ट धरानले पाटीगाउँमा गर्यो लाखौ रुपैयाको सहयोग।

राजकुमार लिम्बु मोरङ, २७ असोज । केराबारी गाउँपालिका वडा नं.१,पाटीगाउँमा गोर्खा वेलफेयर ट्रष्ट धरानले...

मोरङमा लुटपाट, तीन पक्राउ

मोरङ, २६ असोज । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट...

दलित विकास समितिलाई सक्रिय बनाउन शिल्पी विशेष समितिको माग

काठमाडौँ, २५ असोज । देशमा करिब २० प्रतिशत दलित बनाइएको शिल्पी समुदायको शिक्षा क्षेत्रमा...

मगर जातिलाई विभाजन गर्ने षड्यन्त्र सफल हुन दिन्नौं: अध्यक्ष रोकामगर

पोखरा, २५ असोज । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई...

नेपालमा ‘नेशनल डेल्फिक काउन्सिल’ गठन

काठमाडौ २५ असोज । ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’...

‘हाम्रो नेपाल हामी नेपाली’को शुभकामना आदान प्रदान

ललितपुर २३ असोज । शनिवार हाम्रो नेपाल हामी नेपाली अन्तर्गतको युवा संगठनले वडा दशैंको...

नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना

काठमाडौँ, २३ असोज । नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना  र अन्य साहित्य...