राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न - Naya Online

राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न

काठाडौ, २५ भदौ । सोमबार राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम २०७८ सम्पन्न भएको छ । कार्यक्रम एक्टिभ इनटरटेनमेन्ट प्रालिका निर्देशक तथा कलाकार विजेन्द्रको आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रम चलचित्र निर्देशक अमर वलीको सभापतित्व तथा पूर्वमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा माछापोखरीस्थित अष्टनारायण चलचित्र हलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा समाजसेवा, साहित्य,नेपाली चलचित्र र गीतसंगीत क्षेत्रमा योगदान दिएका कलाकार तथा सर्जकहरूलाई सम्मान गरिएको थियो ।

चर्चित गायक शिव परियार, रुपक डोटेल, नायकहरूमा शितल केसी, राज क्षितिज सम्मानित भएका थिए । त्यसैगरी म्युजिक भिडियो निर्देशक देबेन्द्र पान्डे, चलचित्र निर्देशक स्याम राजा श्रेष्ठ, डिजाईनर रमेश थापा, साहित्यकार तथा गीतकार भिष्मराज फुलारा, चलचित्र निर्माण व्यावस्थापक पुरन बोहोरा, सृङ्गारमा अमृता कडेल खकुरेल, नारायण भटराई, सुनिता मरासिनी, गीताा शाह, लघु छयांकनमा सुस्मिता खत्री ,वृतचित्र सम्पादक संगीता खत्री, वृतचित्र निर्माण व्यावस्थापक रेश्मा केसी, चलचित्र निर्देशक अमर विक, गायिका दिद्या तिवारी, ग्राफिक डिजाईनर हरि किशोर यादप, प्रोडक्शन डिजाइनर यमप्रसाद वली, हास्य कलाकार शेखर खनाल, समाज सेवी सपना रेग्मी सहित दर्जनौं सहयोगी दाता सम्मानित भएका थिए ।

कार्यक्रममा कलाकारहरूले आ–आफ्नो प्रस्तुति राखेर दर्शकहरूलाई रमाइलो गराएका थिए ।

विशेष अथिति कलाकार पुकार भटराईले सम्मान भएका सबै कलाकाहरूलाई शुभकामना दिँदै उन्नतीको कामना गरेका थिए ।

त्यसैगरी चलचित्र निर्देशक मिलन आले, दन्द निर्देशक देव महर्जन, समाजसेवी दुर्गा लम्साल लगायतले आफ्ना मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि पूर्वमन्त्री रामवीर मानन्धरले नेपाली गीतसंगति र नेपाली चलचित्र क्षेत्रको उन्नति प्रगतिको कामना गर्दै सम्मानित सबैलाई शुभकामना दिएका थिए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

“पात बजाउँदै…” को म्युजिक भिडियो बजारमा

नडाहा, ३ सुनसरी । कृष्टी किराँती राईद्वारा निर्देशित “पात बजाउदै ….“ लोक गीतको म्युजिक...

गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडा, २ असोज। चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत भिडियोसहित...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

बालकृष्ण वनेमको ‘मनको विरह’ सार्वजनिक

काठमाडौ, २८ भदौ । गायक तथा संगीतकार बालकृष्ण वनेमको ‘मनको विरह’ बोलको गीतको अडियो ...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...

नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ सम्पन्न, करिष्मा, दिपाश्री, भुवन केसी लगायत सम्मानित

काठमाडौ, २७ भदौ । नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ भव्यताका साथ सम्पन्न भएको छ...

चाम्लिङ भाषाको ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २६ भदौं । चाम्लिङ राई भाषाको ‘फोप्ती’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ...

राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न

काठाडौ, २५ भदौ । सोमबार राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम २०७८ सम्पन्न...