संखुवासभाका सचेत युवाहरूले निकाले एमसीसी विरुद्ध मोटरसाइकल र्‍याली - Naya Online

संखुवासभाका सचेत युवाहरूले निकाले एमसीसी विरुद्ध मोटरसाइकल र्‍याली

सन्देश ‘इङ्घङ’

मकाउ । अमेरिकी सरकारको सहायतामा नेपालमा पारित गर्न खोजिएको (एमसीसी) सम्झौताको विरुद्धमा संखुवासभाको चैनपुर नगरपालिकाका सचेत यूवाहरूले शान्तिपूर्ण मोटरसाइकल र्याली निकाल्नुका साथै बिरोध सभा गरेका छन् ।

चैनपुरको पोखरी बजारबाट सुरु भएको र्याली चैनपुर– खराङ हुँदै पुनः चैनपुरको त्रिचोकमा पुगेर बिरोधसभामा परिणत भएको थियो ।

सभालाई स्थानीय जागरुक यूवाहरू सविन डांगी र तिर्थ राई लगायतले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्ने क्रममा सविन डाँगीले एमसिसी सम्झौता पूर्णरुपमा राष्ट्रघाती भएको र यसले नेपालको राष्ट्रिय स्वाधिनतालाई कमजोर बनाउने भन्दै यसको खारेजीको माग गरेका छन् । उनले एमसिसी विरुद्धमा एकतावद्ध हुँदै सशक्त आवाज उठाउन नगरबासी र सम्पुर्ण देशभक्त यूवा तथा सचेत जनसमुदायलाई आह्वान गरेका छन् ।

बिरोध सभाका अर्का सहभागी यूवराज राईले सभालाई सम्बोधन गर्दै आजको कार्यक्रम सांकेतिक मात्र भएको र एमसिसी खारेज नभए आन्दोलनका थप कार्यक्रमहरू सशक्त ढंगले अगाडि बढाइने चेतावनी दिएका छन् ।

बिरोध सभामा चैनपुर नगरपालिकाका सयौं यूवाहरू स्वतस्फुर्त रुपमा सहभागी भएका थिए । यो कुनै दलगत, क्षेत्रगत वा अन्य कुनै समुहको संलग्नता भएका यूवाहरुको आन्दोलन नभएको र यूवाहरू स्वतन्त्र ढंगले सहभागी भएको बिरोध सभाको आयोजनामा सकृय यूवा आकाश बुढाथोकीले जानकारी गराएका छन्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...