उदयपुरमा १३ लाख लुटपाट, लुटेरा दुई घण्टामै पक्राउ - Naya Online

उदयपुरमा १३ लाख लुटपाट, लुटेरा दुई घण्टामै पक्राउ

उदयपुर, २३ भदौ । उदयपुरको कटारी नगरपालिका–८ स्थित वर्मी जंगलमा १३ लाख ७७ हजार ८९५ लुटपाट भएको छ । उदयपुरको कटारी–४ बस्ने २५ वर्षीय बोलेरो चालक प्रकाश श्रेष्ठ लुटिएका छन् ।

मंगलबार साँझ ओखलढुंगामा खाद्यान्न पुर्याएर फर्कंदै गरेका प्रदेश–२–०१–००१च ०३६९ नम्बरको बोलेरोका चालक श्रेष्ठलाई लुटेको आरोपमा ओखलढुंगा चिसम्खु गापा–३ का ५४ वर्षीय रमेशकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

ओखलढुंगामा खाद्यान्न छाडेर कटारी फर्कन लागेका प्रकाशलाई रमेशले ‘म पनि व्यापारका लागि कटारीसम्म सँगै जान्छु’ भनेर प्रस्ताव गरेका थिए । त्यसपछि उनीहरू बोलेरोमा सँगै आए । वर्मी जंगलमा पुगेपछि प्रकाशले शौच गर्नका लागि बोलेरो रोके । पिसाव गरिरहेको बेला रमेशले एक्कासि ढुंगाले गर्धनमा हिर्काएर प्रकाशलाई बेहोस बनाई झोलामा रहेको नगद र मोवाइल लुटेर भागेको एसपी बोहराले बताए ।

साँझ ५ बजे लुटपाट भएको थियो । नगद कटारी नगरपालिका–४ घर भएका जमानसिंह बस्नेतको भएको बताइएको छ । घटना भएको करिब दुई घण्टापछि इलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी बेतलीबाट खटिएको टोलीले कटारी–४ स्थित गवुवा जंगलबाट आरोपीलाई पक्राउ गरेको हो ।

प्रहरीले रमेशको साथबाट लुटेको पैसा र मोवाइल बरामद गरिएको छ । लुटमा संलग्न रमेश पूर्व सुमो चालक हुन् । बोलेरो चालकको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

लुटपाटमा संलग्न रमेशलाई चोरी र ज्यान मार्ने उद्योग मुद्दामा इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान गरिरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ माघ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज महिला नेतृत्व...

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...