लिम्बु भाषाको ‘साम्याङ्फूङ’ म्युजिक भिडियो सार्वजनिक - Naya Online

लिम्बु भाषाको ‘साम्याङ्फूङ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौ, २२ भदौ । सुनिता थेगिम र सेमिहाङ सिंगकको आवाजमा रहेको ‘साम्याङ्फूङ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लिम्बु भाषाको सो गीत ललितपुरस्थित युङछाहिम सेकुवा कर्नरमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायक तथा कार्यक्रमका प्रमुख अतिथि राजेशपायल राईले ‘साम्याङ्फूङ’ मुटूमा छुने किसिमको गीत रहेको बताए । उनले आफूले लिम्बु भाषाको गीत गाउन सुरु गरेको समयमा धेरै लिम्बू कलाकारहरू आफूहरूलाई लिम्बु भाषा गाउन आउदैन भन्ने गरेको, लिम्बु भाषाका गीतहरू गाउनुपर्दा लजाउने गरेको बताउदै अहिले भने यसरी लिम्बु गीतसंगीत गर्व गर्न लायक भएको बताए ।

कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बु, गायक कुसल थलङ, ब्रबिम सेर्मा, गंगा फियाक, निर्देशक हाङ चेम्जोङ, गीतकार मिना सिंगक, गायिका जसोदा सुब्बा, किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो, निर्माता तथा निर्देशक सागर केरुङ लगायत थुप्रै कलाकाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले राजेश पायल राई, दिपक लिम्बु, सुनिता थेगिमहरूले सांगीतिक क्षेत्रको राष्ट्रिय स्तरमै आदिवासीकोहरूको प्रतिनिधित्व गरेका कारण सम्मान गर्न चाहेको बताइन् । उनले यस्तो अवस्थामा पनि लिम्बु भाषााको म्युजिक भिडियोहरू एकपछि अर्को गदैै आइरहनु अति नै गर्वको कुरा रहेको पनि बताइन् ।

अर्का अतिथि ब्रमिम सेर्माले ‘साम्याङ्फूङ’ माथि कुनै प्रश्नै नरहेको , अत्यन्तै राम्रो भएको बताउदै शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै, निर्देशक हाङ चेम्जोङले लिम्बु गीतसंगीतमा अझै कसरी फरक र राम्रो काम गर्न सकिन्छ, जसले गर्दा लिम्बु गीतसंगीतले अझैँ उचाइ प्राप्त गर्छ भन्नेबारेमा सोच्नुपर्ने बताए । त्यस्तै यस्ता कार्यक्रमहरूले एकआपसमा आत्मियता बढेको पनि बताए ।

शुभकामना दिने क्रममा अर्का अतिथि सागर केरुङले लिम्बु भाषा बोल्नुपर्छ मात्रै भन्ने तर आफूले नबोल्ने गरेको पाइएको बताउदै सुरुवात आफूबाटै हुनुपर्ने बताए । उनले लिम्बु भाषाको गीत धेरै बनेको तर लिम्बु गीत ५/१० प्रतिशत मात्रै बनेको बताए । ‘यहाँ आउने, गाउने, नाच्ने, थुक्पा खाने, हात समातेर धान नाचेर फेसबुकमा लाइभ गरेर समापन गर्ने किसिमको कार्यक्रम गर्नेभन्दा पनि लिम्बु चलचित्रकर्मी, गीतकार, संगीतकारहरूले ज्ञान मिमांशाको बारेमा बहस गुर्नुपर्छ, सत्ताको बारेमा बहस गर्नुपर्र्छ ।’ उनले भने । लिम्बु गीत र लिम्बु भाषाको गीतमा भिन्नता रहेको केरुङ बताउछन् । लिम्बु गीत बन्नलाई लिम्बु जीवनदर्शन झल्किनुपर्ने, मौलिक वाद्यवादन र मौलिक मेलोडी हुनुपर्ने बताए ।

केरुङको अभिव्यक्तिलाई लक्षित गर्दै गायक राजेशपायल राईले भाषालाई संकुचित नबनाउन र सोचलाई महासागर बनाउन आग्रह गरेका थिए । त्यसैगरी सो भिडियोका निर्देशक युगल पोमुले सिर्जना समुन्द्रजस्तै कुनै सीमा नहुने बताएका थिए । ‘साम्याङ्फूङ’ लिम्बु भाषाकै गीत रहेको पनि उनले स्वीकार्दै लिम्बु फ्लेवरमा ग्रामरस थपेर फ्युजन गर्ने कोसिस रहेको उनले बताए ।

भिडियोका अभिनेता मौसम इम्बुङ (फु?लेन्देको बाउ)ले उक्त म्युजिक भिडियो बन्ने योजना ३ वर्ष अघिको रहेको बताए ।

गायक स्वयंकै शब्द र संगीत रहेको ‘साम्याङ्फूङ’को म्युजिक भिडियोमा रेखा फागो भिडियोका, मौसम इम्बुङ (फु?लेन्देको बाउ), प्रेम सुब्बा, दिनेश माङ्मुको अभिनय रहेको छ भने छायाङ्कनमा भुपेन्द्र तुम्बाहाम्फे, दिनेश माङ्मुको कोरियोग्राफी र अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

भिडियो सेमिहाङ क्रिएशन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...