आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ - Naya Online

आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ

देब बाँस्कोटा

इजरायल, ७ सेप्टेम्बर । भोजपुरकी सुनिता गुरुङ विगत १५ वर्षदेखि इजरायलमा कार्यरत छिन् । वैदेशिक रोजगारमा रहनुका साथै लामो समयदेखि समाजसेवामा सक्रिय पनि छिन्

सहयोगी, मिलनसार तथा मेहनेती स्वभावकी गुरुङले पन्ध्र वर्षे आफ्नो प्रवासी जीवनमा तीस लाखभन्दा बढी रूपैयाँ आफ्नै कमाईको र सत्तरी लाखभन्दा बढि चाहि संकलन तथा संयोजन गरी समाजको जिम्मेवार नागरिकका रूपमा आफूलाई प्रस्तुत गरेकी छिन् ।

समाजसेवी गुरुङले प्रवासमा रहेर आफुले कमाई बचाएर नेपालको विभिन्न स्थानहरूमा समाजसेवा, सहयोग तथा दुःखमा परेका नेपालीलाइ निरन्तर सहयोग गर्दै आएकी हुन् ।

समाजसेवामा रुचि भएकी सुनिता आफ्ना लागि हैन अरुका लागि बाँच्न सिकौं भन्ने उद्देश्यका साथ समाज सेवामा लागेकी हुन् । प्रवासी भूमि इजरायलमा रहेर पनि आफ्नो जन्मभूमिका लागि निरन्तर आफ्नो कमाई खर्चिदै आएकी हुन् ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरूलाई विषेश सहयोग गर्दै आएकी गुरुङले आफुले अध्ययन गरेको धरानस्थित शिक्षा सदन मा.वि.को भवन निर्माण, नमुना अध्ययन घर कैलालीमा अक्षयकोष कोष स्थापना, मोरङको बेलवारीस्थित सुकुम्बासीबस्तीका पीडित बच्चाहरूलाई, नेपाली दूतावास इजरायलको समन्वयमा नेपालमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री पठाउन, सिन्धुपाल्चोक बाढी पीडितलाई, पत्रकार रवि लामिछानेको पहलमा सञ्चालित जनमैत्री हस्पिटललाई सहयोग गरेकी छिन् ।

समाजसेवी गुरुङकै ब्यक्तिगत सहयोगमा कैलालीको सुकुम्बासी बस्तीमा पनि २ चर्पी निर्माण समेत गरेकी छन् ।

हाम्रो टिम नेपालद्वारा सञ्चालित काठमाडौंमा बन्दै गरेको बिरामी कुरुवा घरको लागि र पत्रकार राजन नेपालद्वारा निर्मित हस्पिटलको लागि सहयोग गरेकी छिन् । त्यसैगरी अतरिया बाल गृह, बन्दको बेला खानाबाट बन्चित कैलालीका मजदुरलाई खाना खुवाउन सहयोग गरेकी छिन् ।

एनआरएनए इजरायलको उपाध्यक्षसमेत रहेकी सुनिताको विचारमा जीवनमरणको दोसाँधमा रहेका र आर्थिक अभाव कारण उपचार नपाएका पीडितहरूलाई सहयोग गर्नु सच्चा सेवा हो । समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन लाग्ने समूह, संस्था वा ब्यक्तिहरूलाई सहयोग गर्नु परिणाममुखी रहेको उनी बताउछिन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...