सामुदायिक अंकपत्र तालिम निर्देशिका विमोचन कार्यक्रम सम्पन्न - Naya Online

सामुदायिक अंकपत्र तालिम निर्देशिका विमोचन कार्यक्रम सम्पन्न

काठमाडौं, २२ भदौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच “सामुदायिक अंकपत्र तालिम निर्देशिका” विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

ग्प्बष्म को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप सवल र वैज्ञानिक बनाउन तयार गरिएको उक्त निर्देशिका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, ग्प्बष्म का म्भखभयिऊभलत म्ष्चभअतयच, ल्बतजबलबभ िद्यभखबल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू डा. आशा सिंह, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रद्युम्न कुमार कार्की र सहकुल बहादुर थापा, इन्टरनेशनल अलर्टका राष्ट्रिय निर्देशक रविना श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका थिए ।

समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी तथा बैज्ञानिक बनाउन तयार गरिएको सामुदायिक अंकपत्र (ऋयmmगलष्तथ क्अयचभ ऋबचम ले नागरिक सहकार्य, सुशासन र पारस्परिक जवाफदेहितालाई सबल बनाई प्रहरी र नागरिकबीचको विश्वास एवं सहकार्यको वातावरणलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए । यस अङ्कपत्रले मूलतः स्थानीयस्तरमा देखिएका सेवा प्रवाह प्रतिको असन्तुष्टि र समस्याहरूलाई पहिचान गरी सहभागितामूलक विधिबाट सामूहिक अनुगमन एवं स्व–मूल्याङ्कन गर्दै निरन्तर सुधार गर्न सहयोग पुग्नेमा विश्वस्त रहेको उनले बताए ।

सेवा प्रदायकले सेवा दिएर मात्र होइन, प्राप्त गर्नेले पाएको महसुस गर्नु अहम कुरा भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, “सेवा प्रदायकले कस्तो सेवा प्रदान गर्यो र सेवा प्राप्त गर्नेले पाएको सेवामा कत्तिको गुणस्तरीयता पाए ? अंकपत्रले सेवा प्रवाहको स्तरलाई कसरी मूयाङकन गर्ने भन्ने विषयलाई वस्तुपरक र मापन योग्य प्रणालीमा ढाल्न सहयोग पुग्ने तथा समग्रमा हाम्रो सेवा विस्तार र प्रवाहको स्तर कस्तो रहेछ भनेर प्रतिबिम्बित हुने औजारको रुपमा यो अंकपत्र रहने विश्वास लिएको छु ।” साथै अंकपत्रको सफल कार्यान्वयनसँगै सेवा प्रदायकको तर्फबाट उत्कृष्ट अंक हासिल गर्नेतर्फ सबै प्रहरी कर्मचारीहरू सधै तत्पर रहने बताए ।

घटनाहरूको प्रभावकारी अनुसन्धान र समाजमा शान्ति सुरक्षा कायम गरी भयरहित समाजको निर्माण गर्ने सोचका साथ समुदाय–प्रहरी साझेदारीको अवधारणा ल्याईएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यसको प्रभावकारी समन्वय र सहकार्यबाट स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकिकृत रुपमा अगाडि बढाउने उद्देश्यले कार्यक्रम निर्माण गरी अभियानकै साथ निरन्तर रुपमा संचालन गरिएको बताए ।

प्रहरीलाई समुदायबाट सकारात्मक तथा रचनात्मक सहयोगको अपेक्षा सहित समुदाय सँगैको संस्थागत एवम् दिगो सहकार्यमा जोड दिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीबाट प्रवाह हुने सेवालाई पारदर्शी, सुशासन युक्त तथा नागरिकमैत्री बनाई सुरक्षित र भयरहित समाजको निर्माण प्रहरीको चासोको विषय रहेको बताए ।

सो अवसरमा ग्प्बष्म का म्भखभयिऊभलत म्ष्चभअतयच ल्बतजबलबभ िद्यभखबल र इन्टरनेशनल अलर्टका राष्ट्रिय निर्देशक रविना श्रेष्ठले सामुदायिक अंकपत्र तालिम निर्देशिकाको प्रभावकारिता बारेमा आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा वरिष्ठ प्रहरी अधिकृतहरूको साथै द्यचष्तष्कज भ्mदबककथ, ख्क्इ, क्ष्एक्क्व् एबचतलभच, ग्ल्इएक्, ग्ल्ँएब्, ग्ल्म्ए र इन्टरनेशनल अलर्टका प्रतिनिधि लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...