सुज अभियानको लागि प्रवास प्रादेशिक समितिले भर्चुअल कार्यक्रम गर्ने - Naya Online

सुज अभियानको लागि प्रवास प्रादेशिक समितिले भर्चुअल कार्यक्रम गर्ने

मिलन राई

बहराइन, ७ सेप्टेम्बर । जनता समाजवादी पार्टी, नेपालको प्रवास प्रादेशिक भातृ संगठन प्रवास विशेष प्रादेशिक समितिको संगठन सुदृढीकरण जागरण (सुज अभियान) अभिमुखीकरण कार्यक्रम सेप्टेम्बर १२ तारीख आइतबारको दिन भर्चुअल माध्यमबाट हुने भएको छ ।

प्रवास विशेष प्रादेशिक समितिको आयोजनामा प्रवास प्रशिक्षण विभागको सहजीकरणमा हुने उक्त कार्यक्रम भर्चुअलमार्फत विश्वका २१ भन्दा बढी प्रवास भातृसंगठन नेपाली समाज (नेसो)को उपस्थितिमा हुने भएको हो ।

संघीयता, सुशासन, समृद्धि र समाजवाद मुल नारालाई लिँदै आएको जनता समाजवादी पार्टी नेपालले देश भित्र र बाहिर गरि यो चार महिनाको अवधिमा संगठन सुदृढीकरण तथा जागरण अभियान अभिमुखिकरण कार्यक्रम संचालन गर्दै आएको छ ।

जनता समाजवादी पार्टी नेपालले संचालन गर्दै आएको संगठन सुदृढीकरण तथा जागरण अभियानमा प्रवास संगठनबाट प्रवास विशेष प्रादेशिक समितिको आयोजना पछि नेपाली समाज (नेसो) रहेका देशहरुबाट पनि भर्चुअल माध्यमबाट नै संगठन सुदृढीकरण तथा जागरण अभियान कार्यक्रम संचालन गर्ने प्रवास विशेष प्रादेशिक समितिका अध्यक्ष धन गुरुङले बताए ।

सेप्टेम्बर १२ तारीख आइतबारको दिन नेपाली समय अनुसार दिनको ३ बजे सुरु हुने कार्यक्रममा जनता समाजवादी पार्टी केन्द्रिय अध्यक्ष तथा प्रतिनिधि सदस्य उपेन्द्र यादव, संघीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराई, बरिष्ठ नेता अशोक राई, कार्यकारिणी सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद श्रेष्ठको साथमा प्रवास इन्चार्ज आङकाजी शेर्पालगायतको वक्ताको उपस्थिति रहने छ !

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...