साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले सम्पन्न गर्याे तिज बिशेष कार्यक्रम - Naya Online

साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले सम्पन्न गर्याे तिज बिशेष कार्यक्रम

जीवन देवान गाउँले

मलेसिया, ६ सेप्टेम्बर । साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको आयोजनामा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । आइतबार शाखाका अध्यक्ष खेम मगर ’कान्छा’को सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा आयोजना गरिएको साहित्य विशेष कार्यक्रम बरिस्ठ गजलकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य बूँद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई विशिष्ट अतिथि नेपाली राजदुतावास मलेसियाका द्वितिय सचिव यसु बस्नेत र साहित्यिक चौतारी नेपाल केन्द्रीय समितिका संस्थापक अध्यक्ष,सन्दीप संग्रौला ’दिलदुखी’ले शुभकामना दिएका थिए । त्यसैगरी अतिथिहरू जनउद्दार केन्द्र मलेसियाका अध्यक्ष केशु थापा, नेपाली मजदुर एकता समाज केन्द्रीय महासचिव समर्पण भट्टराई, साहित्यिक चौतारी नेपाल लुम्बिनी शाखा अध्यक्ष मेनुका शर्मा जिज्ञासु, नेपाली जनता खबर.कमका पत्रकार भिम लुहार, साहित्यिक चौतारी नेपाल मलेसिया शाखा पुर्ब बरिस्ठ उपाध्यक्ष दल बहादुर लामा, नेपाली मजदुर एकता समाज मलेसिया समितिका अध्यक्ष अर्जुन सींह अनुरागी लगायतकाले पनि शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै अतिथि कार्कीसँगै बेहोसी कृष्ण कार्की, रेसम राज बोगटी, खिमु काउचा गरिब, बासुदेव कुमार दनुवार र तारा सोमै मगर संकल्पले कविता तथा गजल वाचन गरेका थिए भने मोती निरौला र एकदेव कुमार चौधरीले मुक्तक वाचन गरेका थिए ।

संस्थाका पदाधिकारीहरूलाई आधिकारिक परिचयपत्र वितरण गर्ने कार्य पनि सोहि कार्यक्रममा गरिएको थियो ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण मानवीय भौतिक उपस्थितीमा यस्ता कार्यक्रमहरू सम्पन्न गर्न नसकिने परिस्थितिमा भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रम सञ्चालन साहित्यिक चौतारी नेपाल मलेसिया शाखा संरक्षक राम प्रसाद सुबेदी संगमले गरेका थिए भने प्राविधिक रुपमा शिरीष बन्जाडेको सहयोग रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...