“पोईट्री फेस्टिबल एण्ड ईबुक लन्च” कार्यक्रम सम्पन्न - Naya Online

“पोईट्री फेस्टिबल एण्ड ईबुक लन्च” कार्यक्रम सम्पन्न

काठमाडौँ, २१ भदौ । लकडाउनपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै बौद्धको उत्पला क्याफे गार्डनमा “पोईट्री फेस्टिबल एण्ड ईबुक लन्च” कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा मेधा उप्रेतीको अङ्ग्रेजी भषामा प्रकाशित पहिलो कविता संग्रह –”Musings on the Ordinary and the Mundane” ई–बुक’मार्फत सार्वजनिक भएको छ ।

नेपाली साहित्य जगतमा एक नौलो कविताहरु संलग्न भएको ई–बुकमा नब्बे छोटा–छोटा कविताहरु रहेका छन् । कवितामा “जीवन जगत, उत्सव, चाडपर्व र वातावरणिय गतिविधिका विषयमा उठान गरिएरको छ । मानव जीवनका लागि साधारण जीवन र सांसारिक जीवन के हो भनी प्रष्ट पार्न खोजिएको छ ।

विश्वमा नेपाली भाषा साहित्य मन पराउने जो कोहिले पनि यो पुस्तक पढ्दा नेपालि संस्कृतिको परिचयमा पाठकले नौलो पनको अनुभुती संगाल्न सक्छन् ।

कार्यक्रममा सखि प्रतिष्ठानकि अध्यक्ष मन्जिला शर्माले महिलाहरुको सक्षमताको कुरा गर्दै परिवर्तनको आवाज उठाउदै कविता वाचन गरेकी थिइन् । उपस्थित अन्य केही कवि र कलाकारहरुले कविता वाचन सङ्गसङ्गै गित गाएर माईतिको स्मरण र सम्मान गर्दै तिजको शुभकामना ब्यक्त गरेका थिए ।

कवि एलिसा ढुंगानाले “हामी कसम खाऊँ” भन्ने शिर्षकको कविता वाचन गर्दै जन्म र कर्मभुमिको सम्मान गर्न आग्रह गर्नुभएको थियो ।

धुम्मिएको आकास मुनि आनि छोईङ्ग डोल्माको आवाजमा रहेको फुलको आँखामा फुलै संसार काडाको आँखामा काडै संसार र भजन शिरोमणि भक्ताराज आचार्यको “जहाँ छन् बुद्धका आँखा” भन्ने गीत गुन्जिदा उपस्थित सबैको मन पुलुकित मात्र होईन मन भरी देशप्रतीको माया र मातृभुमिप्रतिको अगाध प्रेम छचल्किएको थियो ।

अनिल उप्रेतीले आफ्नो कान्छो बुबा माधवनाथ उप्रेतीको शब्द र उहाँको आफ्नै संगीतको गीत र कवितामार्फत उपस्थित सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । उप्रेतीको कविता संग्रह थुप्रै डट कमको ईबुक संग्रहमा पढ्न सकिन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...