नरेश काङमाङ राईको ‘साखुङ्बारा अर्थात रजस्वला’ विमोचित - Naya Online

नरेश काङमाङ राईको ‘साखुङ्बारा अर्थात रजस्वला’ विमोचित

लण्डन । लेखक नरेश काङमाङ राईद्धारा सङ्कलन तथा लेखन गरिएको पुस्तक ‘साखुङ्बारा अर्थात रजस्वला’को विमोचन भएको छ ।

किरात राई २२ भाषिहरूको जन्मदेखि मृत्यु संस्कारको बिषयमा लेखिएको पुस्तक किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनद्धारा प्रकाशित उक्त पुस्तक किरात राई यायोक्खा लण्डन प्रारम्भिक कार्यसमितिको पाचौं अधिवेशनको उद्घाटन सत्रमामा विमोचन भएको हो ।

पुस्तक प्रमुख अतिथि अध्यक्ष कल्पना राई र विशेष अतिथि डा. सुमाया राईको बाहुलिबाट संयुक्त रुपमा विमोचन भएको थियो ।

विशेष अतिथि डा. सुमाया राईले ‘साखुङबारा’ पुस्तकको बारेमा बोल्दै साखुङवाराले किरात राईहरूको संस्कार संस्कृतिको खोज अनुसन्धान र अन्वेषणको ढोका खोलेको बताउनुका साथै अन्य लेखकहरूका लागि राम्रो सन्दर्भ सामग्री भएको समेत बनेको उल्लेख गरिन् ।

त्यस्तै, लेखक नरेश काङमाङले पुस्तकको बारेमा संक्षिप्त जानकारी गराउदै भने– ‘यो शुरुवात हो, पूर्ण हैन । यो पुस्तक भित्र धेरै कुरो नसमेटिएको र केही नयाँ कुरो पनि आएको छ । यो एउटा सानो प्रयास मात्र हो । एउटा भाषिले अर्को भाषिको बिषयमा खोज अनुसन्धान गर्नु निकै चुनौतीपूर्ण हुनेरहेछ ।’

किराया वेलायतका अध्यक्ष प्रमुख अतिथी कल्पना राईले पुस्तक सङ्कलन र लेखन गरेकोमा लेखक नरेश काङमाङ राई र प्रकाशक प्राकास लण्डनलाई बधाई तथा शुभकामना दिइन् ।

अधिवेशनले विमलाकुमारी राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी क्रमशः उपाध्यक्षहरूमा नवलक्ष्मी राई र पुरु राई, सचिवमा किरण राई, सहसचिवहरू सीमा राई र जोशन राई, कोषाध्क्षमा योजन राई, सहकोषाध्यक्षहरूमा अञ्जना राई र सन्दीप राई साथै सदस्यहरूमा वेगाहाङ राई, सोनाहाङ राई, सुरेशकुमार राई, कशिस राई, मनिकला राई, मीनु राई, सुकमाया लिम्बु राई, रमना राई, कुमार माङपाहाङ राई, निलम राई र सुनिल राई निर्वाचित भएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...