किरात याक्थुङ चुम्लुङ शाखा तेह्रथुमको ८ वटा छात्रवृत्ति अक्षयकोष पुरस्कार वितरण - Naya Online

किरात याक्थुङ चुम्लुङ शाखा तेह्रथुमको ८ वटा छात्रवृत्ति अक्षयकोष पुरस्कार वितरण

राजकुमार तेयुङ
तेह्रथुम, २० भदौ । किरात याक्थुङ चुम्लुङ शाखा तेह्रथुमले विभिन्न शीर्षकको ८ वटा छात्रवृत्ति अक्षयकोषमार्फत आइतबार ७ जना विद्यार्थीहरू पुरस्कृत गरेको छ ।
किरात याक्थुङ चुम्लुङ शाखामार्फत सञ्चालन हुने कुबेर पुर्नवती कन्दङवा स्मृति अक्षयकोषबाट सामुदायिक विद्यार्थीमा अध्ययनरत २ जना विद्यार्थीलाई जनही ३१ हजार १ सय ११ रुपैयाँले सम्मान गरेको हो । मचिन्द्र मा.वि. सुदापका कक्षा १० मा अध्ययनरत साकिना लिम्बु र रत्न मा.बि सोल्माका कक्षा ९ मा अध्ययनरत छात्रा सविता तेयुङ लिम्बुलाई जनही नगद ३१ हजार १ सय ११ रुपैयाँका दरले ६२ हजार २ सय २२ रुपैयाँ  प्रदान गरिएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेश सेनहाङले बताए ।
यस्तै किरात याक्थुङ चुम्लुङ कल्याण कोष इजरायल छात्रवृत्ति मार्फत सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत रेणुका आपागाई र सिँहबाहिनी आधारभूत विद्यालय फेदाप १ का कोपिला लिम्बुलाई नगद १०, १० हजार प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङ अक्षय कोष मार्फत सिहबाहिनी मा.बि. म्याङ्लुङमा अध्ययनरत नमित तेयुङ लिम्बु र महेन्द्र मा.बि. आठराईमा अध्ययनरत सम्झना लिम्बुलाई जनही ४,४ हजार प्रदान गरिएको छ ।
लिम्बु भाषा साहित्य, सांस्कृतिक पुरस्कार डम्बर बहादुर तेयुङ लिम्बु, फममाया हुक्पाचोङबाङ तेयुङ लिम्बुको अक्षयकोषबाट छथर गाउँपालिका ४ का लिम्बु शिक्षक खिनराज ईमेहाङ लिम्बुलाई नगद ३० हजार ५ रुपैयाँ प्रदान गरिएको कियाचु शाखा तेह्रथुमका सहसचिव सेसेहाङ चोङबाङले बताए ।
पुरस्कार वितरण कार्यक्रमको अवसरमा प्रमुख अतिथि डम्बर बहादुर तेयुङ लिम्बु, फममाया हुक्पाचोङबाङ तेयुङ लिम्बु र भाषा साहित्य, सांस्कृतिक अक्षयकोषदाता पूर्णकला तेयुङ लिम्बुले जिल्लामा भाषा सस्कृतीको संरक्षणका लागि स्थापना भएको संस्थाले विद्यार्थीहरूलाई वार्षिक सहयोग गर्दा जिल्लाको शैक्षिक गुणस्तर सुधार र लिम्बु भाषा, साहित्य, र संस्कृतिमा समेत संरक्षण हुने विश्वास व्यक्त गरेकी थिइन् ।
३३ औ किरात याक्थुङ चुम्लुङको वार्षिक उत्स बको अवसरमा स्थानीय भाषा संरक्षण गर्नुपर्ने भन्दै प्रमुख अतिथि पूर्णकला तेयुङ लिम्बु, आदिवासी जनजाति माहासंघ तेह्रथुमका अध्यक्ष बलदेव तुम्बाहाम्फे, राष्ट्रिय चुम्लुङका सदस्य कृष्णमान तुम्बाहाम्फे, अभिभावकको तर्फबाट दुर्गधन तेयुङ, गंगलाल सेने र मचिन्द्र मा.बि. सुदापका प्रधानाध्यापक नेत्र प्रसाद कटेल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम किरात याक्थुङ चुम्लुङ शाखा तेह्रथुमका अध्यक्ष गणेश सेनेको अध्यक्षतामा सम्पन्न भएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...