महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा कुमार यात्रु सम्मानित हुने - Naya Online

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा कुमार यात्रु सम्मानित हुने

काठमाडौ, २१ भदौ । नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रु सम्मानित हुने भएका छन् ।

मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिने व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गर्न लागेकोमा आइतबार आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औ राष्ट्रिय दिवसका अवसमा पुरस्कृत तथा सम्मानित हुने व्यक्ति तथा संस्थाको नाम घोषणा गरिएको हो ।

यात्रुसँगै पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्तिहरूमा प्रहरी प्रधान कार्यलय मानव बेचबिखन अनुसन्धान व्युरोबाट प्रहरी निरिक्षक श्रीराम थापा, कान्तिपुर दैनिककी ज्याति कटुवाल, शक्ति समूहकी माया तामाङ रहेका छन् ।

यसैगरी संस्थागत तर्फ जिल्ला प्रहरी कार्यलय कैलाली, हिमालय टाइम्स, हाम्रा कुरा अनलाइन र पौरखी नेपाल रहेका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमूख आतिथ्यमा आयोजित समारोहको अध्यक्षता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिब याम कुमारी खतिवडाको अध्यक्षतामा भएको थियो ।

संसदमा महिला तथा सामाजिक समितिकी सभापति निरुदेबी पालले सुभाराम्भ गरेको कार्यक्रमको सञ्चालन मन्त्रालयका सहसचिव रोशनी कुमारी श्रेष्ठले गरेकी थिइन् ।

कार्यक्रममा मन्त्रालयकी सचिव खतिवडाले मानवबेचबिखनमुक्त समाज निर्माण गर्न  सबैको ऐक्यबद्धता आवश्यक पर्ने बताउदै आआफनो ठाउँबाट योगदानको अपेक्षा पनि गरिन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...