भ्रष्टाचार विरुद्धको महाअभियानका लागि युवा सङ्गठन गठन - Naya Online

भ्रष्टाचार विरुद्धको महाअभियानका लागि युवा सङ्गठन गठन

काठमाडौं भाद्र २० । बिन्द्रलाल श्रेष्ठको संयोजकत्वमा ६१ सदस्सीय प्रथम ललितपुर युवा सङ्गठन गठन भएको छ ।

गत शनिबार भएको कमिटीको भेलाले ललितपुर युवा संयोजक बिन्द्रलाल श्रेष्ठ, उपसंयोजक महेन्द्र सिलवाल, सचिव सुनिल मिजार, कोषाध्यक्षमा उज्वल खत्री सहित ६१ सदस्य सहित ललितपुर जिल्ला कमिटी गठन गरेको हो ।

‘हाम्रो नेपाल, हामी नेपाली’ मूल नारा सहित केन्द्रिय युवा संयोजक राजकुमार महर्जनको सभापतित्व र अभियानका संयोजक ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिजय खड्गी, शक्ति शाही, बिनोद खड्का, मुस्कान के.सि.लगायत केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञानेन्द्र शाहीले अहिलेको समृद्ध नेपाल बनाउनको लागि युवाहरुको ठूलै योगदान हुनुपर्ने र जो जहाँ भएपनि सबै एक भएर लाग्नुपर्ने कुरामा जोड दिए । विद्यमान नेपालको परिस्थिति र समाज निर्माणका लागि युवाहरुको ठूलै योगदान रहेको र भविष्यमा अझै एकचित्त भएर लागेमा देशको सम्मुनत विकास पनि छिट्टै हुनुपर्ने कुरा बताए ।

त्यस्तै कार्यक्रमका संयोजक राजकुमार महर्जनले सम्पुर्ण युवा अभियान्ताहरूलाई बधाई तथा ऐतिहासिक कार्यसफलताको दिएका थिए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...

प्रेस चौतारी नेपाल, रसुवामा बलराम घिमिरे

रसुवा, २२ पुस । प्रेस चौतारी नेपाल, रसुवाको तेस्रो जिल्ला कमिटी अधिबेशनबाट बलराम घिमिरेको...