काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः३० बजे सुरू हुनेछ ।
यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालका लागि अञ्जन विष्टले गोल गर्दा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए।
खेल खेल्न मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली एकहप्ताअघि काठमाडौं आइपुगेको थियो । उक्त टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली टिममा गोलकिपरका लागि किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, डिफेन्डरमा सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द , मिडफिल्डरमा सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान र फरवार्डका लागि मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा रहेका छन् ।
त्यसैगरी भारतीय टिमममा गोलकिपरका लागि अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु, डिफेन्डरमा प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस, मिडफिल्डरका लागि ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर र फरवार्डका लागि मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी रहेका छन् ।
भारतसँगको खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ । जसका लागि टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन् । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।