“लकडाउनमा सर्जक र सिर्जना” लोकार्पण कार्यक्रम सम्पन्न - Naya Online

“लकडाउनमा सर्जक र सिर्जना” लोकार्पण कार्यक्रम सम्पन्न

विजयपुर, २० भदौ । स्वर्णिम साहित्य समाज, भरौलको आयोजनामा “लकडाउनमा सर्जक र सिर्जना” लोकार्पण कार्यक्रम शनिबार धरानमा सम्पन्न भएको छ ।

समाजका पूर्व अध्यक्ष प्रकाश दिप्सालीद्वारा सम्पादित “लकडाउनमा सर्जक र सिर्जना” साहित्यका तथा कार्यक्रममा प्रमुख आतिथि र राजन मुकारुङ, विशिष्ट अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरीका सभापति एवम् कथाकार जनकऋषी राई लगायतको बाहुलीबाट लोकार्पण भएको हो ।

कार्यक्रममा बोल्दै उक्त कार्यक्रम कोरोना महामारीले मानव जगतलाई पुनः प्रकृतिमा फर्केर मौलिक जीवन पद्धतिमा समाहित हुन सन्देश दिएको राजन मुकारुङले बताए । आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ, नेपालका अध्यक्ष समेत रहेका मुकारुङले प्राकृतिक जीवनमा फर्केर मात्रै हरेक संकटसँग जुझ्न सक्ने सामथ्र्य प्रदान हुने बताए ।

उनले भने, ‘कोरोना महामारीले हामीलाई थिल्थिलाएको छ । हाम्रा नजिकका आफन्तहरू गुमाएका छौँ । तर, हामी तङ्ग्रीदै छौँ ।’ उनले महामारीले सामूहिक रूपमा लड्न प्रेरित गरेको बताए । ‘महामारीले एउटा गतिलो सन्देश पनि दिएको छ । संघर्ष गर्न सिकाएको छ । विश्वका केन्द्रहरू हल्लिएका छन् । राज्यको बलियो उपस्थितिको महसुस गराएको छ । व्यापारी दलालीहरूले शिक्षा र स्वास्थ्यका क्षेत्रमा खेलबाड गरेका छन् । जसका कारण समाजवादको आवश्यकता झन्–झन् बढेको छ ।’, उनले थपे ।

मुकारुङले स्रष्टाहरूले महामारी समयको संवेदना र पीडालाई उतार्न सबैभन्दा जिम्मेवार हुनुपर्ने बताए । ‘महामारीले राजनीतिलाई विकृत बनाएको छ । संविधान र व्यवस्थाप्रति असन्तुष्टि छ । यस्तो बखत हामीले असन्तुष्टि मात्रै पोख्ने होइन । उपाय पनि दिनुपर्छ,’ उनले थपे, ‘यो चिन्तनको बेला पनि हो । अब हामी प्रकृतिमा फर्कनुपर्छ । यहीँ नै विश्वको पहिचानको आन्दोलन प्रतीक हो ।’

त्यसैगरी पुस्तकका सम्पादक प्रकाश दिप्सालीले स्रष्टाहरूलाई निराशाबाट उज्यालोतर्फ अघि बढाउन र केही सिर्जनशील काम गर्न आफूले किताब ल्याउने साहस गरेको बताए ।

कृतिमा ११० सर्जकहरूका परिचयसहित सिर्जना रहेका छन् । पहिलो लकडाउनका बेला साहित्यकार दिप्सालीले भर्चुअल रूपमा लकडाउन साहित्य श्रङ्खला सञ्चालन गरेका थिए । दुई वर्षको अवधिमा उनले दुई पटक नयाँ र स्थापित सर्जकहरूका विभिन्न विधाका रचना, परिचय र अन्तर्वार्ताहरू समेटिएको श्रङ्खला लोकप्रिय बनेको थियो ।

पुस्तकमा सर्जकहरूको चित्र कृष्ण मरासिनीले तयार पारेका छन् । आवरणमा कलाकार ओम डीसी आरले साथ दिएका छन् । पुस्तक प्रकाशनका लागि विश्व नेपाली साहित्य महासंघका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी, विश्वजीत राई, जितेन साम्पाङ लगायतले सहयोग गरेका छन् ।

समाजका अध्यक्ष शरण कुमार लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यिक पत्रकार देवेन्द्र सुर्केली र समालोचक मुनराज शेर्मासँग महामारीमा सिर्जना विषयमा प्यानल बहस पनि राखिएको थियो । उक्त बहसको सहजीकरण कवि प्रदीप योङहाङले गरेका थिए ।

कार्यक्रममा कविहरू सुदीप पाख्रिन, नवराज विष्ट, करुणा राई, लक्ष्मण कटुवाल, गनन योक्पाङ्देन लगायतले कविता, गजल सुनाएका थिए ।

कार्यक्रम समाजका सचिव ज्ञानु राईले सञ्चालन गरेकी थिइन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...