हाम्रा घरका बिरालाहरू दूधभात खान पाइन्छ कि भनेर म्याउ गर्दै टुप्लुक्क देउवाको भान्सामा पुगेका छन्:ओली - Naya Online

हाम्रा घरका बिरालाहरू दूधभात खान पाइन्छ कि भनेर म्याउ गर्दै टुप्लुक्क देउवाको भान्सामा पुगेका छन्:ओली

काठमाडौ, १९ भदौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल लगायतप्रति व्यङ्ग्य गर्दै एमाले बिकाउ माल नभएको बताए ।

राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अहिले हाम्रा घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा देखिन्छन् नि ! त्यस्ता होइन । दूध र भात खान पाइन्छ कि भनेर म्याउ गर्दै टुप्लुक्क पुगेछन् ।’ उनले पार्टीले जनप्रतिनिधि हुन लायकका उम्मेदवारहरू तोक्ने र उनिहरूलाई अत्यधिक मतले विजयी बनाउने पनि उनले बताए ।

ओलिले माधव नेपालको जिम्मा नै एमालेको बदनाम र चरित्रहत्या गर्नु रहेको बताए । उनले नेपाललाई वामपन्थी सरकार ढालेर, विरोधिको सरकार बनाउने आरोप लगाए । ‘मैले माधव नेपालजस्तो लाजसरम पचेको मान्छे जिन्दगीमा कहिँ पनि देखेको छुइन ।’– ओलिले भने ।

त्यस्तै, ओलिल गर्दै पार्टी नफुटेको बरु विगतदेखि झमेला गर्दै आइरहेका केही तत्व बाहिरिएको बताएका छन् । उनले माधव नेपाल समूह पार्टीमा वैचारिक द्वन्द्व नभइ केवल पदका लागि मात्र पार्टीबाट बाहिरिएको बताए ।

उनले भने, ‘कतिले भन्ने गरेका छन् एमाले फुटेको छ टुटेको छ, अझै ठुलो भुँइचालो जानेछ भनेर आस गरेका छन् । अहिले पाटी फुटेको हैन, पार्टीमा बिग्रिएकाहरू जो विगतदेखि नै पार्टीमा अनेक झमेला गर्दै आएका थिए ती चोइटिएका मात्र हुन् ।’ उनले अहिलेको गठबन्धन सरकारको कुनै नीति नभएको र खानका लागि गएको आरोप लगाए ।

उनले भने–‘ यिनीहरू पञ्जावका लङ्गुर बाँदरका झुण्ड जस्तै हुन् । खानका लागि गएका झुन्ड हुन् । हाम्रो पार्टीबाट जानेहरूले कहिल्यै पाटीभित्र वैचारिक लडाइँ गरे ? नीति सिद्धान्त बिचारका केही फरक छ ? खाली मलाई यो पुगेन त्यो पुगेन भनेको छ ।’

उनले माधव नेपालप्रति लक्षित गर्दै भने–‘कहिले प्रधानमन्त्री बन्न पाउन भनेर राजाको वरिपरि दाम चढाएर हिँडेको छ, कहिले हुलाकबाट प्रधानमन्त्री बन्न पाउँ भनेर पत्र पठाएको पनि छ । यस्ता अनेक खालका तमासा गरिएको छ । २ सय ४० सिट भएको बेला पार्टीलाई ३३ सिटमा ल्याएर खुम्चाएको छ । मैले केही गर्न सकिन भनेर राजीनामा दिएको मान्छेलाई फेरी भाग चाहिएको छ । त्यस्ता केही तत्त्वहरू पार्टी छोडेर गएका हुन् ।’ उनले एमालेको सरकारले पहिलो पटक अन्तरिक्षमा स्याटलाइट पठाएको बताए ।

उनले अहिलेको सरकारले आफूले शिलान्यास गरेको २ सय ६० सडक आयोजनाको रद्द गरेको बताए । उनले अहिलेको सरकारले भूमिहीन सुकुम्वासी समस्या समाधान आयोग खारेज गरेको भन्दै यो सरकार गरिबमारा रहेको बताए ।

भएको कार्यक्रममा बोल्दै उनले माधव नेपालले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर प्रतिक्रान्ति गरेको आरोप लगाए ।

उनले भने–‘अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यो भाँचेको भाँच्यै छ, जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ । हिजो जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ । माधव नेपाल जस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन ।’ उनले विकासका लहर ल्याएको वामपन्थी सरकार ढालेर प्रतिक्रान्ति गर्ने र नेपाली काँग्रेसको एस पार्टी बनेको आरोप लगाए ।

उनले हिजो पार्टी फुटाउनुअघि गठबन्धनले माधव नेपाललाई लिएर पाँच पार्टीको गठबन्धन भनेको भन्दै माधव नेपाल मात्रै पार्टी रहेको बताए । उनले भोलि पनि माधव नेपाल मात्रै एकीकृत पार्टी रहने बताए ।

उनले एमाले पार्टी कहाँ छ भनेर कसैले सोध्यो भने धारा खोलेर देखाइदिन, नागरिक एप्स खोलेर देखाइदिन, फोर जी नेट चलाएर देखाइदिन आग्रह गरे । उनले मेलम्चीको पानी ल्याउन पनि एमाले चाहिने भन्दै आगामी निर्वाचनमा एमालेले चुनाव जितेर मेलम्चीको पानी ल्याउने दाबी गरे । उनले अहिलेको सरकार विकास विरोधी रहेको भन्दै यो सरकारले क्रेन ल्याएर धरहरा भत्काउन सक्ने, रानीपोखरीमा ढुङ्गा हाल्न सक्ने दाबी गरे ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...