झ्याल र भेन्डिलेटरबाट सरकारमा छिरेका छन्, आउदो चुनावमा सबैतिर जाली लगाइदिन्छौंः केपी ओली - Naya Online

झ्याल र भेन्डिलेटरबाट सरकारमा छिरेका छन्, आउदो चुनावमा सबैतिर जाली लगाइदिन्छौंः केपी ओली

काठमाडौ, १९ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वस्थताका बाबजुद राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् ।

उक्त भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले नेपाल र चिनबिच कुनै सीमा विवाद नभएको र सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौती समेत दिएका छन् । सरकारलाई उनको प्रश्न थियो, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन प¥यो रे ? कसलाई खुसी पार्न ? यो सरकारलाई चुनौती दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद देखाओस् ।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि समेत लगाए ।

देउवा सरकारले कुनै रचनात्मक काम नगरी सबै कुरा बिगार्दै लगेको पनि आरोप लगाए । ‘रानी पोखरीमा ढुङ्गा हान्न सक्छन्, तपाईंहरु याद गर्नु होला । मूर्ति भत्काउन सक्छन् । यिनीहरूले रचनात्मक काम गर्दैनन् बिगार्दै मात्र गएका छन् ।’ त्यसैगरी एमसीसीको बारेमा पनि बोल्न प्रचण्ड र प्रम देउवालाई भनेका छन् । यो सरकारले कसैलाई सुख नदिने उनको भनाई छ ।

सरकारलाई कटाक्ष गर्दै ओलीले भने, ‘यिनिहरू सरकारमा पुगेका छन् । यिनिहरू सरकारमा पुग्ने जहिल्यै गठजोड गर्यो, षडयन्त्र गर्यो अनि झ्यालबाट, भेन्डिलेटरबाट छिर्यो ! आउदो चुनाबमा झ्यालमा, भेन्डिलेटरमा सबैतिर हामी जाली हाल्नेछौं यी छिर्न पनि पाउने छैनन् ।’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...