गुडिरहेको बसमा पूर्णको जीवनमा लाग्यो पूर्णविराम - Naya Online

गुडिरहेको बसमा पूर्णको जीवनमा लाग्यो पूर्णविराम

जेडी गाउँले

क्वालालम्पुर, ४ सेप्टेम्बर । अप्रत्याशित ढङ्गले कहिले काहीँ यस्तो पनि हुन्छ –गुडिरहेको गाडी गुडी नै रहन्छ तर चलिरहेको जीवनमा पूर्णविराम लाग्छ । त्यसैले भनिन्छ –मृत्यु अनिश्चित छ ।

केही समय अगाडि एउटा हृदय विदारक तस्बिरले सामाजिक सञ्जाल नै शोकमय बनायो । तस्बिर यस्तो थियो –गाडीको सिटमा बसेर चिर निन्द्रामा निदाएकी आमाको छातीमा टाँसिएर संसार नियाली रहेको दुधे बालक ।

काखमा नानी च्यापेकी आमाको –आँखा कति बेला बन्द भयो ! जीवन कति बेला बन्द भयो ! कसैले भेउ पाएनन् । आमाको काखबाट उछिट्टिएर जब दुधे बालक सिट मुनी खस्यो र चिच्यायो तब मात्र सँगै यात्रा गरिरहेकाहरूले चाल पाए । विडम्बना ! कहिल्यै नउघ्रिनेसरि आँखा चिम्लिसकेकी थिइन आमाले, कहिल्यै अगाडि नबढ्ने गरी जीवनको गति रोकिई सकेको थियो आमाको । र पनि बाल चेतनालाई भ्रममा राख्न दुधेबालकलाई मृतमाको छातीमा टाँसियो । यो उद्देश्यले कि ! कम्तीमा शरीरको तातोपन रहुन्जेल बच्चाले ममताको न्यानो अनुभूति गरोस् ।

ठिक यस्तै झल्को दिने घटना एकजना नेपाली मजदुरमाथि मलेसियामा घटेको छ । घट्न हो –३ सेप्टेम्बर, शुक्रवार बिहान । ती नेपाली मजदुर हुन –रामेछाप जिल्ला खाँडदेवी गाउँपालिका वडा नं.२ निवासी वर्ष ३३ का पूर्णलाल मोक्तान ।

मेरुमा रहेको टपग्लोव कम्पनीमा कार्यरत रहेका पूर्ण बिहीबारको नाइट डिउटी सकेर शुक्रवार बिहान कम्पनीको गाडीमा होष्टल फर्कँदै थिए । तर, पेटालिङजयामा अवस्थित होस्टेलसम्म पुग्न सकेनन् । गुडिरहेको बसको सिटमै बसिरहेको अवस्थामा उनको प्राण पखेरु उड्यो ।

गुडिरहेको बसमा पूर्णको जीवनले कति बेला पूर्णविराम लगायो ? कसैले भेउ पाएनन् । तर, जब उनको हातमा रहेको मोबाइल भुईँमा खस्यो, बसभित्रका अरू साथीले फोन खस्यो भनेर सचेत गराए । सचेत गराउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि नजिकैको सिटमा बसेको साथीले मोबाइल टिपे र निदाएको होला भनेर झकझकाउँदै हातमा राखिदिन खोजे । तब मात्र चाल पाए –पूर्णको जीवनले थाहै नदिई पूर्णविराम लगाई सकेछ ।

यसरी अप्रत्याशित अस्ताएका पूर्णको शवलाई पोस्टमार्टमको लागि केलाङ हस्पिटल लगेको जनाइएको छ । मृत्युको कारण पोष्टमार्टम रिपोर्ट पछि आउला नै तर, एउटै कम्पनीमा काम गर्ने साथीहरूको अनुसार उनमा कुनै पनि रोग नभएको र त्यस्ता कुनै पनि औषधी सेवन नगरेको बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...