आजको गुमनाम बलिहाङ - Naya Online

आजको गुमनाम बलिहाङ

अशोक किराँत

जिन्दगी जोतिरहेको
लिम्बू ठुलेले
फोक्टा बारीमा
रोपेको थियो खुसीहरू
अभाव उम्रिएर
फुल्दैथिए आँशुहरू
उसले बुझ्न चाहेन
राजनीतिका हिसाबहरू
र उसले बिताए साताँ दशक
यही पाखाहरूमा
कहिले गाई गोरुको पछि दगुरिरहे
कहिले घाँस काट्न भिरपाखा चढिरहे

खिंरिंङ्ग उभिएको
दुब्लो घरको सानो आँगनमा
फर्फराउँदैछ पार्टीको झण्डा
र झण्डाले गाईरहेछ
समृद्धिका भजनहरू
जिन्दगी टाल्दाटाल्दै
दौरा टाल्न नभ्याएको
लिम्बू ठुले
हेर्छ , माथितिर
फर्फराईरहेको झण्डा
र भन्छ
हाओ, मुलाङ जिन्दगी
हाओ, नाथे यो नाचिरहने झण्डा
खै के काम लाग्छ ?
न मेरो दाउरा टाल्न मिल्छ
न त आँसु पुछ्न मिल्छ
हाओ, तेङ्बाई
यो झण्डा के काम लाग्छ ?

उसले पसिना रोपेर
आँसु फुलाएको छ
कयौं सपनाहरू रोपेर
कठिन बिपनाहरू हुर्काएको छ
हाओ, मुलाङ केश सेतै फुलेछ
नाताले शहरबाट फिरेपछि
भनेको थियो
यो रुखो खाम
जिवनले नताप्ने घाम
बाजे, मरेका देउता
छेउमै भए पनि
बेकाम
बाजे, हामी त तुतुगेन तुम्याङको सन्तान
तर बाँच्न विवश छौँ
अप्ठ्यारो भूगोलमा
जहा ,कुकुरले शेरका शिकार
गरिरहेका छन् ।

मेरो बूढो दिमागले
नातीको युग नाप्न सकेन
हाओ, बलिहाङ,
हाम्रो अस्तित्वमाथि कसरी
धराप थापिए?
लु याद गरुङ त
बेसुर, बेताल
एउटा बूढो ढोल
बजिरहन्थ्यो
तर
हाङ्सेन गाउँका टाठाबाठाहरूले
उसलाई केनाङ्बा माईला
मात्र भन्ने गर्थे
धनु काँड, रोपेर
उभो लागेका पुर्खाहरू
तागेरा निवाफुङ्वाको नगरमा
बिराजमान होलान्
तर पनातीले नुनिलो पसिना
रोप्दै जिजीविषाको क्रम धान्दैछन्
र युगले खोजेको आजको बलिहाङ
जिन्दगी जोत्दै फोक्टाबारीमा
गुमनाम बाँचेको छ ।

धनकुटा

शब्दार्थ
खाम –माटो
तेङ्बा–साथी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...