लघुकथा: माफ मागिन् - Naya Online

लघुकथा: माफ मागिन्

अरुणबहादुर खत्री “नदी”

एकदिनको कुरोे हो सम्झनाले आफ्नो श्रीमान् मधुसुदनलाई “मेरो ब्याग किन चलाएको मेरोे ब्याग चलाउन हजुरलाई लाज लाग्दैन” भनिन् । मधुसुदनले “मैले तिम्रो ब्याग चलाएको नै छैन तिम्रो ब्याग किन चलाउने मैले ?” भन्यो । “हजुरले मेरो ब्याग नचलाउनु भएको भए मेरो ब्यागभित्रका जरुरी कागजपत्र कसरी हराए त ?” सम्झनाले भनिन् ।

“तिम्रो ब्यागभित्र के के थियो ? कहाँ हरायो त ?” मधुसुदनले भन्यो । “मेरो ब्यागभित्र मेरो नागरिकता मेरो गाडी चलाउने लाइसेन्स थियो दुबै छैन नि त” सम्झनाले भनिन् । “श्रीमतीको ब्याग श्रीमान्ले छुन नपाइने कही लेखेको छ र ? त्यही पनि तिम्रो ब्याग मैले छोएको नै छैन अन्त कतै राख्यौ कि तिम्रो जरुरी कागजपत्र” मधुसुदनले भन्यो ।

“तिम्रो अर्को ब्याग पनि छ नि हैन ? अर्को ब्यागमा राख्यौ कि एकचोटी अर्को ब्याग खोलेर हेर त” मधुसुदनले भन्यो । मधुसुदनले त्यसो भनेपछि अर्को ब्याग खोलेर हेरिन् नागरिकता र लाइसेन्स अर्कै ब्यागभित्र राखेकी रहिछिन् । नागरिकता र लाइसेन्स अर्को ब्यागभित्र भेटिएपछि सम्झनाले दुबै कानमा समाएर “मैले हजुरलाई मेरो ब्याग छोएको भनेर दोष लगाए सरी है” भन्दै माफ मागिन् ।

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...