जति नै लेखे पनि 'परदेश'का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई - Naya Online

जति नै लेखे पनि ‘परदेश’का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई

धनकुटाको पाख्रिबास नगरपालिकामा २०३४ सालमा जन्मेका आख्यानकार हुन् चकेन्द्र राई । वैदेशिक रोजगारीका निम्ति परदेशिएको अनुभव समेत बटुलेका छन् राईले । भने डायस्पोरा साहित्यमा धेरथोर घुलमिल भएका छन् । त्यसकै उपज भनौँ राईले परदेशमा देखेका र भोगेका भोगाईहरू समेट्दै ट्रान्जिट उपन्यास प्रकाशन गरे । जुन कृतिले परदेशीहरूको उतारचढाव र उनीहरूको प्रेमलाई समेत कलात्मक ढंगले उठान गरेको छ । कोरोना कहरका बाबजुत पनि ट्रान्जिटले आफ्नो मिश्रित प्रतिकृया पाइरहेको छ । यसै सन्दर्भमा ट्रान्जिट केन्द्रित भएर लेखनलाई नसा मान्ने आख्यानकार चकेन्द्र राईसँग नयाँ अनलाईनको शनिबारीय परिशिष्टाङ्क नयाँ साहित्यले गरेको कुराकानीको बेलिबिस्तार ।

हिजोआज दिनहरू के कसरी बित्दैछ ?
यहाँलाई थाहै छ कोभिड १९ले विश्व आक्रन्त भएको बेला यसको असर सबै क्षेत्र अनि सबै तह र तप्कालाई असर परेको छ । त्यसैले सदा जस्तो हिडडुल र भेटघाट गर्न सहज छैन । त्यसैले मेरो हकमा अहिले घरमा नै बसिरहेको अवस्था छ ।

यो महामारीमा केहि लेख्दैपनि हुनुहुन्छ की ?
यहाँलाई थाहै छ । म व्यवसायिक लेखक परिन । (ह…ह….ह…) अहिले म आफ्ना पुराना लेखहरू जो छापा र अनलाइनमा प्रकाशित भएका छन् तिनैलाई संकलन गर्ने त्यसैलाई अध्ययन र त्यसैमा काम गर्दैछु ।

ट्रान्जिट के गर्दै छ ?
ट्रान्जिट मोरङको पर्यटकीय स्थल जेफालेमा जेफाले सिर्जना डबलीको आयोजनामा असाध्यै सुन्दर र लोभलाग्दो तरिकाले लोर्कापण गरियो । त्यहीँबाट ट्रान्जिटले आफ्नो पहिलो उडान भरेको थियो । यो अहिले पनि यात्रामा नै छ । छिटफुट पाठकहरूको सल्लाह सुझाब आइरहेको छ । यस्तै छ भनौँ ट्रान्जिटको अवस्था ।

ट्रान्जिट कुन कुन लेवलका पाठकहरूमा पुगेको महसुस गर्नु भएको छ ?
लकडाउनको समयमा आएको हुनाले जति सहज तरिकाले पाठकहरू माझमा पुग्नु पर्ने हो त्यति सजिलो पुग्न पाएन । जे जति पुग्यो त्यो सबै लेबलका पाठकहरूमा पुगेको महसुस गरेको छु । तर यो कोभिडको कारणले जे जति र जहाँ जहाँ पुग्नु पर्ने थियो त्यो चैं पुग्न सकेको छैन ।

ट्रान्जिटबाट के अपेक्षा गर्नु भएको थियो र के अपेक्षा भयो ?
कुनै पनि सर्जकले सबैभन्दा पहिला कल्पना गर्छ । त्यसलाई शब्दहरूले सिंगार्छ । अनि आफू सन्तुष्ट भए पछि मात्र प्रकाशित गर्छ । यस अर्थमा मैले मेरो दिमागले सके जति गरेको थिएँ । त्यसैले स्वाभाभिक रुपले राम्रै होला भन्ने आशा थियो । तर यो कोभिडको कारण बोलाएका ठाउँहरूमा अहिलेसम्म पनि जान र पुग्न सकिरहेको छैन । जे जति ठाउँमा पुगेँ, पुस्तक जे जतिले पढ्नु भयो वहाँहरूको प्रतिकृया अपेक्षाकृत छु ।

ट्रान्जिट पढ्नेहरूले के कस्तो प्रतिक्रिया दिदैछन् ?
ट्रान्जिट पढ्ने पाठकहरूले धेरै खालका प्रतिक्रिया दिनु भएको छ । यसको लाागी यहाँको यो लोकप्रिय अनलाइन नयाँ अनलाईन मार्फत नै सबै प्रति आभार तथा सम्मान व्यक्त गर्दछु । यहाँहरूले गहन समिक्षा गरिदिनु भएको छ । त्यस्तै कवि तथा साहित्यकार सबिता फागो चोङबाङ्जीले पनि आफ्नो अमुल्य सुझाब सहित समिक्षा गरिदिनुभएको छ । यी प्रतिकृयाहरू हेर्ने हो भने मिश्रित छ । तुलनात्मक रुपमा चाहीँ पठनीय छन् भनिरहनु भएको छ । यसको खास प्रतिकृयाहरू त आउन बाँकी नै छ । प्रतिकृया दिनुहुने आम पाठकहरूमा धन्यवाद दिन चाहेँ ।

ट्रान्जिटले नेपाली साहित्यमा के अर्थ राख्यो ?
ट्रान्जिट पढेपछि पाठकहरूले जस्तो बुäनु भयो त्यस्तै अर्थ राख्यो जस्तो लाग्छ । किन भने हरेक पाठकहरूको आ–आफ्नै बुझाई हुन्छ । पाठकले जुन अर्थ राखिदिनुहुन्छ ट्रान्जिटले नेपाली साहित्यमा त्यही अर्थ राख्यो भन्ने ठान्दछु ।

लेखनमा परदेशका अरु कुन कुन कुराहरू आउन बाकी होला ?
मलाई लाग्छ विज्ञान र साहित्य अपार विषय हो । जस्को कुनै बिन्दुमा अन्त्य हुदैन । त्यसैले अरु थुप्रै लेखकहरूले प्रसस्तै लेखे पनि लेखनमा परदेशका विषय र मुद्दाहरू लेख्न बाँकी उती नै रहन्छ जस्तो लाग्छ । जो यहाँ उल्लेख गरेर साध्य छैन ।

भाबी योजना के छ ?
लेखन पनि एक नशा हो । नशामा लगिएको मान्छेलाई नशामा नै डुब्न मन लाग्छ भने जस्तै म पनि कुनै न कुनै तरिकाले लेखनमा नै झुन्डिरहने योजना छ ।

अन्त्यमा मनमा लागेको कुरा ?
ट्रान्जिट निक्कै पहिला आउनु पर्ने पुस्तक हो । त्यति बेला आएको भए यस बेलाको भन्दा राम्रो हुने थियो जेहोस पढ्नु भएका पाठकहरूको प्रतिक्रियाले म अझ उत्साहित भएको छु । मलाई ट्रान्जिटले मलाई लेखनमा निरन्तर लाग्ने उर्जा दिलायो । लेखनप्रति इमान्दारका साथ साधना गर्नेछु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बे । नयाँ पुस्ताहरूको ढुकढुकी । आज नेपाली साहित्यलाई धेरै युवापुस्ताहरू प्रेम गर्छन्...

जति नै लेखे पनि ‘परदेश’का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई

धनकुटाको पाख्रिबास नगरपालिकामा २०३४ सालमा जन्मेका आख्यानकार हुन् चकेन्द्र राई । वैदेशिक रोजगारीका निम्ति...

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

गणेश खड्का नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन् । २०३३ सालमा भोजपुरको तिवारी भञ्ज्याङमा जन्मेका...

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

२०३४ सालमा धनकुटाको बोधेमा जन्मिएका कथाकार हुन् जीवन देवान गाउँले । झण्डै दुई दशकदेखि...

‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई

गायिका कला राईको नेपाली संगीतमा छुट्टै पहिचान छ । लोकआधुनिक गायनमा चर्चा कमाएकी राईले...

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित स्रष्टाको नाम हो ‘श्रीजन श्री’ । नेपाली गजलको...

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् ।...

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...