न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे - Naya Online

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ ।

बाढीमा परी सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका ५० बर्षीय आङ गेलु लामा, उनकी पत्नी ४८ बर्षीय मिङमा शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको मृत्यु भएको हो ।

लामा परिवारको घरबेटीका अनुसार डुबानमा परेर उनिहरुको मृत्यु भएको हो । घरबेटी दोस्रो तलामा थिइन् । “बाहिर निस्कन असम्भव थियो किनकी पानी पहिले नै मेरो घुँडा सम्म आइसकेको थियो । म दोस्रो तलामा थिएँ । अब तपाइँ कल्पना गर्न सक्नुहुन्छ, बेसमेन्टमा के भयो होला ? “पानी सीढीसँग पूल जस्तै बनेको थियो, उनले भनिन् ।

उनका अनुसार लामा परिवारको घरमा बाढी पस्न थालेपछि उनीहरुले घरमालिकलाई मद्दतको लागी बोलाए, तर बोलाको केही मिनेटमै उनीहरु डुबानमा परेका थिए ।

प्रहरीका अनुसार उनीहरुको शव बिहान ३ः३० बजे फेला परेको थियो । लामा परिवारमा घटेको उक्त घटना थाहा पाएपछि लोप्साङको शिक्षक मार्थाले भनिन् । घटना थाहा पाएपछि उनि खुब रोइन् । “म स्तब्ध छु,” उनले भनिन् ।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात (टोरनाड़ो )को कारण ४५ जनाको मृत्यु भइसकेको छ भने न्यूजर्सीमा मात्र २३ जनाको मृत्यु भएको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिर्सना नेम्बाङको उपस्थितिमा मलेसियामा भव्य चासोक तङ्नाम

जेडी गाउँले क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदिता बज्रचार्यको प्रमुख आतिथ्यमा...

मलेसियाको अस्पतालमा ४७८ दिन पहिचानविहिन

जेडी गाउँले मलेसिया । Tengku Ampuan Rahima Hospital, Kelang मा पहिचान नखुलेको अवस्थामा उपचाररत...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

किरात याक्थुङ चुम्लुङ मलेसियाले चासोक मनाउँदै

क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले डिसेम्बर २९ तारिख चासोक तङ्नाम मनाउने भएको छ...

नर्वेमा नेपाली स्रष्टा पुरस्कृत

युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठीत पुरस्कारबाट पुरस्कृत भएका छन् । शरणार्थी...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

सुरेन्द्र इङ्नाम लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका...

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती सम्पन्न

विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका...

दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियामा लामो समयदेखि अवैधानिक बसोबास गरिरहेका दुई पीडित श्रमिक नेपालीलाई...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...