काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बिहीबार साँझ दशरथ रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
नेपालले खेलको ३६ औं मिनेटमा अञ्जन विष्टले गोल गरेर अग्रता लिएको थियो भने भारतका खेलको ६० औं मिनेटमा भारतले बराबरी गोल फर्कायो । भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गर्न सफल भए ।
नेपाल र भारतबीच अब आइतबार दशरथ रंगशालामै दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ ।
दुवै टिमले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन् ।
आइतबार मैत्रीपूर्ण खेलपछि नेपाली टिम साफको तयारी गर्न कतार जानेछ । कतारमा तयारी गरेपछि नेपाल उतैबाट माल्दिभ्स पुग्नेछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।