१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले - Naya Online

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’

मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर युनाइटेड छोडेको १२ वर्षपछि पुनः क्लवमा फर्किने पक्का भएको छ । उनी सन् २००८ मा म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लव रियल म्याड्रिड हुँदै वर्ष २०१८ मा इटालियन क्लव युभेन्टसमा अनुबन्धित भएका थिए ।

५ पटकका ‘वालोन डिओर’ उपाधि विजेता रोनाल्डो तीन भिन्नभिन्न देश/ लिग/क्लवबाट आफू आवद्ध क्लवलाई टाइटल जिताउने विश्व फुटबलको हालसम्मको इतिहासकै एकमात्र खेलाडी हुन् । उनले इङ्ल्यान्डमा म्यानचेस्टर युनाइटेडबाट इङ्लिस प्रिमियर लिग, स्पेनमा रियल म्याड्रिडबाट ला लिगा तथा इटालीमा युभेन्टसबाट सिरि ए टाइटल जिताएका थिए । अझ रोचक तथ्य के हो भने उनी आफूले खेलेका तीनओटै क्लवका शीर्ष गोलकर्ता समेत हुन् ।

शारीरिक रूपमा संसारको सबैभन्दा तन्दुरुस्त खेलाडी मानिने ३६ बर्षीय पोर्तुगाली स्टार इङ्ल्यान्ड फर्कने समाचार बाहिरिएसँगै यतिबेला म्यानचेस्टर युनाइटेड क्लवका समर्थक मात्र नभएर संसारभरका उनका समर्थकहरूमा निकै उत्साहजनक उमङ्ग छाएको देख्न सकिन्छ । साथै विगत ६ वर्षदेखि कुनैपनि उपाधि हात पार्न नसकेको इङ्लिस क्लव म्यानचेस्टर युनाइटेडले यस वर्षको च्याम्पियन्स् लिग लगायतका ठूला उपाधि जित्नेमा आफुहरू विस्वस्त रहेको पनि बताउन थालेका छन् ।

क्रिश्चियानो रोनाल्डो आफ्नो पुरानो क्लव फर्कने पक्का भएपछि सुरुवाती दिनहरूमा उनले आफ्नो आइकनिक जर्सी नम्बर ७ लगाउन पाउने या नपाउने भन्ने दुविधा रहेको थियो । यसमा प्रमुख कारण क्लवमा पहिल्यैदेखि उरूग्येन स्टार खेलाडी एडिसन काभानीले उक्त जर्सी लगाउँदै आएका र पर्याप्त प्रकृया नपुगेसम्म मापदण्ड बाहिर गएर जर्सी दिन नमिल्ने लिगको प्रचलन रहनुलाई लिइएको थियो । तर अब यो दुविधा मेटिएको र रोनाल्डोले आफ्नो आइकनिक ऋच्ठ जर्सी लगाउने टुङ्गो लागेको जानकारी म्यानचेस्टर युनाइटेडले आफ्नो वेवसाइट मार्फत सार्बजनिक गरेको छ ।

यतिबेला रोनाल्डोको पुनरागमनको समाचारले इन्टरनेटको दुनियाँ तताएको छ । उनी आफ्नो पुरानो क्लव फर्कने समाचार बाहिरिएको केही मिनेट, केही घण्टामा नै क्लवको आधिकारीक फेसबुक पेज, ट्विटर तथा इन्ष्टाग्राममा लाखौंको सङ्ंख्यामा फलोअर्स बढेका छन् । क्लवको सेयर मुल्यमा झण्डै ५.९ प्रतिशतले बृद्धि भएको समाचार समेत क्लवका आधिकारीक स्रोतहरूले सार्वजनिक गर्दै आइरहेका छन् ।

उनी म्यानचेस्टर युनाइटेड फर्कनुअघि यसबेला आफ्नो देश पोर्तुगलमा विश्वकप छनौटमा अभ्यासरत छन् भने १ सेप्टेम्बरमा घरेलु मैदानमा भएको आयरल्यान्ड विरूद्धको खेलमा दुई निर्णायक गोल गर्दै दुई–एकको अन्तरमा जीत दिलाएका छन् । उक्त खेलमा गरेको दुई गोलसँंगै पोर्तुगलको लागि उनले गरेको गोल संख्या जम्मा १११ पुगेको छ । पहिले नै आफ्नो देशको लागि सर्वाधिक गोलकर्ता खेलाडीको अग्रपंंक्तिमा रहेका रोनाल्डोले यो गोल संख्या थपेसँगै आफ्नो देशको लागि सर्वाधिक गोल गर्ने किर्तिमानलाई थप चुनौतीपूर्ण बनाएका छन् ।

रोनाल्डो म्यानचेस्टर युनाइटेड कहिले फर्कन्छन् र डेव्यु खेल खेल्छन् भन्ने यथेस्ट मिति तय नभएतापनि उनको पूर्वक्लव युभेन्टसले रोनाल्डोले क्लव छाडिसकेको आधिकारीक सूचना सार्वजनिक गरिसकेको छ । साथैं यता इङ्ल्यान्डको विभिन्न शहरका सार्वजनिक स्थलहरूमा रोनाल्डोको पोस्टर तथा भिडियोहरू डिस्प्ले हुन थालेको विविध इन्टरनेट स्रोतहरूले जानकारी दिइरहेका छन् ।

उनको ट्रान्सफरलाई लिएर विश्व फुटबल जगतमा छाएको यो उल्लासमय स्थिति र क्लवको भरोसालाई उनको जादुमयी खेल प्रदर्शनले कति न्याय देला त्यो त भोलिको दिनहरूमा नै देखिनेछ ।

सन्देश ‘ईङ्घङ’ मकाउका नयाँ अनलाइन सम्पादक हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...