दशरथ रंगशालामा आज नेपाल र भारत भिड्दै - Naya Online

दशरथ रंगशालामा आज नेपाल र भारत भिड्दै

काठमाडौ, १७ भदौ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल ५ः३० बजे सुरु हुनेछ ।

खेल खेल्न मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली सोमबार काठमाडौं आइपुगेको थियो । उक्त टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

दर्शक मैदानमा प्रवेश गर्नका लागि रंगशालाका पाँचवटै प्रवेशद्वार खुला गरिनेछ । साथै नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेपछि मात्र दर्शकलाई मैदानमा प्रवेश गर्न दिइनेछ । त्यसका लागि दर्शकले टिकटका साथै भ्याक्सिन कार्ड ल्याउनु पर्ने यदि भ्याक्सिन कार्ड नभए पिसिआर रिपोर्ट ल्याउनु पर्नेछ । खेलका लागि ५१ सय दर्शक मैदान प्रवेशका लागि अनुमति छ ।

टिकट प्रभुपेबाट किन्न सकिने व्यवस्था गरिएको छ । टिकटको मूल्य साधारण प्यारापिटको एक हजार र भिआइपीतर्फ दुई हजार रुपैयाँ तोकिएको छ । उक्त खेल हिमालय टेलिभिजन र ओएसआर स्पोर्ट्सको युट्युवबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

६ वर्षपछि दशरथ रंगशालामा भारत र नेपालविच मैत्रीपूर्ण खेल हुन लागृको हो । भारतीय भूमीमा भने नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा खेल भएको थियो । उक्त खेलमा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो ।

नेपाल र भारतबीच भएको हालसम्म भएको १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ । दुवै देशले चार खेलमा बराबरी खेलेका थिए । भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गरेको छ ।

त्यसैगरी, फिफाको बरियातामा भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेका छन् ।

नेपाली टिममा गोलकिपरका लागि किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, डिफेन्डरमा सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द , मिडफिल्डरमा सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान र फरवार्डका लागि मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा रहेका छन् ।

त्यसैगरी भारतीय टिमममा गोलकिपरका लागि अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु, डिफेन्डरमा प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस, मिडफिल्डरका लागि ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर र फरवार्डका लागि मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी रहेका छन् ।

भारतसँगको खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ । जसका लागि टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन् । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...

भारतले फर्कायो गोल, नेपाल भारत बराबरी

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा भारतल ५९ औं मिनेटमा...

भारतविरुद्ध पहिलो हाफमा नेपाल १–० ले अघि

काठमाडौ, १७ भदौ । दशरथ रंगशालामा भइरहेको भारत र नेपालबिचको मैत्रिपूर्ण खेलमा पहिलो हाफ...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...

दशरथ रंगशालामा आज नेपाल र भारत भिड्दै

काठमाडौ, १७ भदौ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल...

मेस्सीले आँसु पुछेको टिस्यू पेपर लिलामीमा, मूल्य ११ करोड

धरान । दैनिक प्रयोगमा आउने बस्तुहरु मध्ये संसारकै सबैभन्दा सस्तो बस्तुहरुमा टिस्यु पेपर पनि...

मेस्सी: जसले फुटबल दुनियाँलाई रुवाए ….

भरौलको मनोज विष्ट यो साता विश्व फुटबल जगत गरमागरम बन्यो । विश्वभरिका खेल समर्थक...

फिप्ना कप २०२१ सम्पन्न

न्यूयोर्क, १० अगष्ट । २७ औं विश्व आदिवासी दिवस २०२१ को अवसरमा नेपाल आदिवासी...