साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले तिज विशेष कार्यक्रम गर्ने - Naya Online

साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले तिज विशेष कार्यक्रम गर्ने

जेडी गाउँले

मलेसिया, १ सेप्टेम्बर । साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले तिज विशेष कार्यक्रम गर्ने भएको छ ।

हिन्दु नेपाली नारीहरूको महान चाड हरितालिका तिजको अवसर पारेर आउदो भदौ २० गते आईतबार शुभकामना आदानप्रदानसँगै परिचयपत्र वितरण तथा रचना वाचन कार्यक्रम गर्न लागेको साहित्यिक चौतारी नेपाल मलेसिया शाखा अध्यक्ष खेम मगर कान्छाले जानकारी दिएका छन् ।

नेपाली साहित्यको विकाश र बिस्तार गर्ने एक शसक्त समुहको रूपमा बिगत लामो समयदेखि लागिपरेको साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले बर्तमान समयमा भौतिक उपस्थिती जनाएर कार्यक्रम गर्न नसकिने कुरालाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट आउदो भदौ २० गते (सन् २०२१ सेप्टेम्बर ५ तारिख) आतबार बेलुकी मलेसिया समयअनुसार बेलुकी ८ः१५ बजे (नेपाली समय बेलुकि ६ बजे) कार्यक्रम गर्न लागेको हो ।

जुम एपमार्फत गरिने कार्यक्रम साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको फेसबुक पेजमा फेसबुक लाईभमार्फत बिश्वव्यापी रूपमा प्रशारण हुनेछ ।

बरिष्ठ गजलकार तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पुर्व प्राज्ञ सदस्य वुँद रानाको प्रमुख अतिथ्यतामा गरिने कार्यक्रममा साहित्यिक चौतारी नेपालको केन्द्रीय समिति पदाधिकारी मलेसिया शाखा पदाधिकारी तथा सदस्यहरू नेपालका सबै प्रदेशका प्रदेश शाखाहरू र देश बाहिरका सबै शाखाहरूबाट प्रतिनिधित्व हुनेछ ।

कार्यक्रममा तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम, यसअघि पुनर्गठित साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका पदाधिकारी तथा सदस्यहरूलाई संस्थाको आधिकारिक परिचयपत्र बितरण कार्यक्रमसँगै ८ जना साहित्यकारहरूले रचना वाचन गर्ने गरि तयारी गरिएको समेत अध्यक्ष मगरले जानकारी दिए ।

कार्यक्रममा कविता तर्फ भक्त कार्की, गजल तर्फ बेहोसी कृष्ण कार्की, रेसमराज बोगटी, खिमु काउचा गरिब, बासुदेव कुमार दनुवार र तारा सोमै मगर संकल्प मुक्तकतर्फ मोती निरौला र एकदेव कुमार चौधरीले प्रस्तुति दिनेछन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...