उपत्यकामा निषेधाज्ञा हटाएर आदेश जारी - Naya Online

उपत्यकामा निषेधाज्ञा हटाएर आदेश जारी

काठमाडौ, १६ भदौ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर ‘आदेश’ जारी गरेका हुन् । ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन् ।

बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर जारी गरेको सो आदेशको अर्थ स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सकिने भन्ने रहेको छ ।

यसअघि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न पाउदैन थिए । अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको छ तर गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको हो । पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ ।

ढुवानीको विषयमा भने स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइनेछ । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ माघ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज महिला नेतृत्व...

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...