न्युयोर्कमा चलचित्र थेत्लङ प्रदर्शन हुने - Naya Online

न्युयोर्कमा चलचित्र थेत्लङ प्रदर्शन हुने

न्यूयोर्क, १ सेप्टेम्बर । लिम्बू भाषामा आधारित पहिलो लिम्बू कथानक आधुनिक चलचित्र थेत्लङ अक्टोवर २ तारिक बेलुकी ७ वजे प्रदर्शन हुने भएको छ ।

ज्याक्सन हाइटस्थीत सत्यनारायण हलमा पहिलो पटक विशेष प्रदर्शन हुन लागेको निर्देशक किशोर सुब्बाले जानाकरी दिएका छन् ।

किरात याक्थुङ चुम्लुङ, अमेरिकाको तर्फबाट दिपक थेवे संयोजक रहेको प्रदर्शन समितिमा निर्देशक किशोर सुब्बा, विशेष सहयोगी लोक चेम्जोङ वीरेन्द्र लाबुङ लिम्बू, प्रेम गुरुङ (गुरुङ चलचित्र नायक एवं गुरुंङ समाजसेवी) सम्राट कार्की (चर्चित क्यामेरामेन एवं समाजसेवी), केशवराम राई, वरिष्ठ समाजसेवी र किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्सुहाङ रहेका छन् ।

सिक्किम युनिभर्सिटीको ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । उक्त उपन्यासलाई चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा र संवाद गरेका छन् ।

सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएकोे चलचित्रमा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, शान्ति सुब्बालगायतले अभिनय गरेका छन् । सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा नृत्य निर्देशन दिनेश माङ्मु, संगीत कुल्बा सुब्बा, राजु आङ्देम्बे, मनि ताम्लिङ र पविन आङ्देम्बे, निर्देशन किशोर सुब्बाको रहेको छ ।

मनी ताम्लिङ र विराज लिम्बूले निर्माण गरेको थेत्लङ सिक्किम, काठमाडौँ धरानलगायत विभिन्न स्थानहरु प्रदर्शन भइसकेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...