बेलायतमा नेपालीहरूको बृहत मेला, एनआरएनए युकेद्धारा दोस्रो पुरस्कारमा सहयोग - Naya Online

बेलायतमा नेपालीहरूको बृहत मेला, एनआरएनए युकेद्धारा दोस्रो पुरस्कारमा सहयोग

२९ अगस्त । तमुधी यूकेको आयोजनामा बेलायतमा ‘नेपाली मेला’ तामझामका साथ सम्पन्न भएको छ । सो मेला बेलायतमा बसोबास गर्दै आएका सबै नेपालिहरूको प्रतिनिधित्व गर्ने परम्परागत रुपमा मानिदै आएको मेला हो ।

एनआरएनए इन्गल्याण्ड राज्य समन्वय परिषद यूकेको हौसला सहितको सहभागिता रहेको उक्त मेला नेपालको हिमाल, तराई, पहाडका गाउघरहरूको परम्परा, रीतिरिवाज, तथा विविध जनजाति विशेषले मनाइने मेला हो ।

मेलामा नाचगान र झाँकीहरू प्रदर्शन गरिनुका साथै नेपाली पञ्चेबाजा, नेपाली बजारमा पाइने नेपाली होममेड सामानहरूको दोकान र स्टलहरू राखिन्छ । नेपाली खानाहरू मोमो, छोयला, भुटूवा, चटपटे, सेल रोटी, अचार लगायत विविध खानाहरू राखिएको हुन्छ, जसले गर्दा नेपालको झल्को मेटाउछ ।

मेलाको आयोजक टिमलाई उत्साह र प्रोत्साहन दिन एनआरएनए इन्गल्याण्ड राज्य समन्वय परिषद् यूकेले सो कार्यक्रममा प्रदान गरिने दोस्रो पुरस्कार ३०० डलर स्पोन्सर गरेको छ ।

कार्यक्रममा एनआरएनए इन्गल्याण्ड राज्य समन्वय परिषद् यूकेका अध्यक्ष श्री लालबहादुर गुरुङ, कार्यसमितिका उपाध्यक्ष भक्त दर्जी, सचिव राम प्रसाद पन्थी, सहसचिव अन्जु सुवाल, सदस्य सुरेन्द्र इङनाम, सदस्य डा. विशाल गुरुङको सहभागिता थियो । जसमा विशाल गुरुङ उक्त कार्यक्रमका युवा संयोजक थिए भने अन्जु सुवाल काठमाण्डौको परम्परागत धीमे बाजागाजा सहित मछिन्द्रनाथको सांस्कृतिक झाँकी सहितको लाखेनाच लिएर उक्त मेलामा प्रस्तूत भएकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भने, ‘भाषा, भेषभुषा, कला र संस्कृति यि सबै सभ्यता र पहिचानका ढुकढुकी हुन्, यसको जगेर्णा गर्नु हामी सबैको कर्तव्य हो । र, यो नासो जिवितै नयाँ पुस्तालाई हस्तांतरण गरांैं ।’ उनले यस्ता कार्यक्रमहरूमा विशेष गरि उद्योग व्यावसायी र पेशाकर्मी नेपालीहरूले तन, मन र धनले सहयोग गर्नुपर्ने र सामाजिक अभियन्ताहरूले आम नेपालीलाई कार्यक्रममा जतिसक्दो ठूलो सहभागिता गराउनमा योगदान दिनुपर्नेमा बताए ।

कार्यक्रममा पूर्व गोर्खाहरूको उपस्थिति, कार्यक्रमहरूको प्रस्तुती र कार्यक्रम व्यावस्थापनमा गरेको योगदानलाई सबै नेपालीहरूले सलाम गर्नुपर्ने भन्दै पुर्व गोर्खाहरूका हरेक सुखदुखमा साथ दिने प्रतिवद्धता पनि जनाए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...