कार्तिक २८–२९ मा नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन हुने - Naya Online

कार्तिक २८–२९ मा नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन हुने

काठमाडौं, १४ भदौ । नेपाल परिवार दलको महाधिवेशन कात्तिक २८–२९ गते हुने भएको छ । सोमबार बसेको दलको केन्द्रिय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले दलको विधान शंसोधनको शिफारिस गर्न अधिवक्ता दयाराम कँडेलको संयोजकत्वमा केन्द्रिय सदस्यहरु गणेश कुमार श्रेष्ठ, गोविन्दनाथ मिश्र, सभासद मिलन कुमारी राजवंशी र अधिवक्ता राजेशकुमार बिष्ट सम्मिलित समिति गठन गरेको छ । त्यसैगरी महामन्त्री विनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरि प्रदेश तथा स्थानीय क्षेत्रमा संयोजक तोक्न सिफारिस समिति पनि गठन गरेको दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

परिवार दलको पचास हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २५०० प्रतिनिधिले महाधिवेशनमा ससरीर वा अनलाइनको माध्ययमबाट सहभागी जनाउने महामन्त्री विनोद डाँगीले जानकारी दिए । बैठकमा महाधिवेशनमा प्रयोग गरिने डिजिटल प्रविधिको प्रस्तुति पनि गरिएको थियो ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टीसँग सहकार्य गर्दा धोका खानु परेको बताउदै आगामी निर्बाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले सशक्त सहभागी हुने उल्लेख गरे । ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यकता निर्विकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दलसँग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनु बताए ।

नेता ढकालले देशका ठुला भनौदा पार्टीहरुले जनादेशको अपमान गरेको भन्दै अब जनताहरुले विकल्प खोज्ने जिकिर गर्नु गरे । ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यी दुइ पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरुले जुजारू र जिम्मेवार नयाँ शक्ति निर्माण गर्नु पर्ने धारणा राखे ।

बैठकले केन्द्रीय सदस्यमा श्रीमती बिष्णु कुमारी बिश्वकर्मा (कैलाली), पूर्ण प्रसाद कोइराला (दैलेख), केशव श्रेष्ठ (काठमाडौँ), टिकाराज बिश्वकर्मा (लम्जुङ्ग), शंकर ढकाल (कैलाली) लाई मनोनोयन गरेको छ । त्यसैगरी पिस फोर्सको केन्द्रिय अध्यक्षमा रबिन्द्र चौलागाईं (रामेछाप) लाई जिम्मेवारी दिएको छ ।

बैठकमा बोल्दै महामन्त्री बिनोद डाँगीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसँग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए । बैठकमा केन्द्रिय सदस्यहरु मनोजलाल कर्ण, अब्दुल कैयुम शाह, सन्त बहादुर पन्त, राजेश कुमार बिष्ट, प्रकाश बाबु थापा, नबिन बजगाईं, बुद्धिमाया पुन, रामचन्द्र चौधरी, अनिल भण्डारी, गणेश कुमार श्रेष्ठ, लक्ष्मी भण्डारी, बिजय राज कट्टेल, शिवकृष्ण श्रेष्ठ लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...