मेन्छ्यायेम गाउँपालिकामा फस्टिँदै बन्दा खेती, बजार पाउन गाह्रो - Naya Online

मेन्छ्यायेम गाउँपालिकामा फस्टिँदै बन्दा खेती, बजार पाउन गाह्रो

नरेन्द्र खापुङ संयम

मेन्छ्यायेम तेह्रथुम, १४ भदौ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका वडा नं. ६ मा बन्दा खेती गरेर मनग्गे आम्दानी गरिरहेका छन् ।

मेन्छ्यायेम गाउँपालिका वडा नं. ६ साबिक मोराहाङ ९ तालखर्कका करिब ४५ घरधुरीले ४०० रोपनी भन्दा बढी जग्गामा बन्दा खेती गरेर एक सिजनमा १ करोडदेखि डेढ करोड जतिको बन्दा उत्पादन गरिरहेका छन् ।

प्रदेश र स्थानीय सरकारको ५०% अनुदान सहयोगमा सो खेती सुरू गरिएको युवा कृषक दिपकुमार लिम्बूले बताए । पुख्र्यौली रूपमा गरिरहेको मकै खेतीलाई छाडेर व्यवसायीक रूपमा सब्जी खेती गरिएको तर थोरै केही सहयोग सरकारबाट प्राप्त भएपनि बीचमा अवस्था बुझ्न कोही नआएको कृषक लिम्बूको दुखेसो रहेको छ ।

उत्पादन राम्रो तर बजार अस्थिर
बन्दा सोचेजस्तै राम्रो उत्पादन भएकोले कृषकहरू खुसी भएका छन् तर बजार व्यवस्थापन र मुल्यमा अस्थिरता हुँदा समस्या भएको अर्का कृषक जितबहादुर थापा बताउछन् ।

मूल्य निश्चित नभएकोले ५ रूपैयाँदेखि ३० रूपैयाँ प्रति केजीले दिनुपरेको छ स्थानीय बजार शून्य रहेको कृषक थापा बताउँछन् । र उत्पादित सबै बन्दा विचौलिया व्यापारीहरू खोजेर दिनुपर्ने दुखेसो थापाले पोखेका छन् ।

मुलाले बजार पाएन
मेन्छ्यायेम गाउँपालिका साबिक मोराहाङ ९ को सबैभन्दा माथिल्लो क्षेत्रमा भइरहेको बन्दा खेतीमा अघिल्लो पटक स्थानीय कृषि कार्यालयबाट मुलाको बिउ पनि लिएर मुला लगाएको तर सो मुला १ केजी पनि बिक्री नभएको कृषकहरू बताउछन् ।

उत्पादन राम्रो हुने तर सडकको अबस्था व्यवस्था राम्रो नभएकोले सोचे जति लाभ लिन नसकेको कृषकहरूको भनाई छ ।

यसपटक बन्दा काट्ने समय भएको तर व्यापारीहरू नआएकोले गर्दा बारीमा नै कुहेर जाने सम्भावना रहेको पुनः कृषक थापाले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...