एनआरएन जापानमा सिस्टमको दुरुपयोग भई धाँधली भएको प्रतिवेदन सार्वजनिक - Naya Online

एनआरएन जापानमा सिस्टमको दुरुपयोग भई धाँधली भएको प्रतिवेदन सार्वजनिक

शिशिर निङलेकु लिम्बु थक्साङ

जापान, ३० अगष्ट । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनमा अनलाइन भोटिङ एमआइएस सिस्टमको दुरूपयोग गरि धाँधली भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

निर्वाचन निष्पक्ष नभएको भन्दै पराजित समुहले असन्तुष्टि जनाएपछि छानबिनका लागि बनेको उच्च स्तरीय छानबिन समितिले निर्वाचनमा धाँधली भएको निष्कर्ष निकाल्दै आईतबार पत्रकार सम्मेलन गरि प्रतिवेदन सार्वजनिक गरेको हो ।

छानबिन समितिले निर्वाचन निष्पक्ष नभएको निष्कर्ष निकाले पनि एनआरएनए जापानको निर्वाचन २०२१–०२३ को कार्यसमितिलाई वैधानिकता दिने नदिने निर्णय गर्ने जिम्मा भने माथिल्लो निकाय अर्थात एनआरएन आईसीसीले गर्ने छानबिन समितिले जनाएको छ । खसेका कुल भोटमध्ये ७६ प्रतिशतलाई मान्यता दिन सकिने पत्रकार सम्मेलनमा जनाएको छ ।

भर्चुअल पत्रकार सम्मेलनमा समितिका संयोजक तथा एनआरएनए जापानका संस्थापक अध्यक्षसमेत रहेका राजन प्रधानाङ्गले छानबिन समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै निर्वाचनमा सबै जनाले सहभागी भएर निर्वाचन सम्पन्न भएपनि उक्त निर्वाचनमा एमआईएस सिस्टमको दुरूपयोग भएको बताउनु भयो । उहाँका अनुसार छानबिन समितिले सबै अध्ययन गरेर २९० पेजको प्रतिवेदन ल्याएका छौं । त्यसमा संलग्न हुनेहरूलाई कार्बाही गर्ने सम्बन्धित निकायले गर्ला वा नगर्ला त्यो विषय हाम्रो भएन ।

एनआरएनए जापानको निर्वाचन कार्यसमितिले सपथ ग्रहण समेत गरिसकेको अवस्थामा छानबिन समितिले जारी गरेको प्रतिवेदनले कार्यसमितिको निरन्तरता वा अन्य कारबाहीको प्रक्रियाको बारेमा भने छानबिन समिति मौन रहेको देखिन्छ । यसअघि पनि एनआरएनए जापानमा भएको आर्थिक अनियमितताको विषयमा छानबिन गर्न भनेको समितिले आर्थिक अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेपनि त्यसको कुनै पनि सुनुवाई तथा कार्यान्वयन नभएकोले यस्ता छानबिनको कुनै पनि औचित्य भने नहुने देखिन्छ ।

उक्त निर्वाचनमा निर्वाचन समिति भन्दा पनि बाह्य ब्यक्तिहरूको संलग्नतामा सिस्टमको दुरूपयोग गरि भोट गरिएको जनाएको छ । जापानका मतदाताहरूको इमेल परिवर्तन तथा मतदाताहरूको इमेल पासपोर्टको दुरूपयोग गरि पहिले नै भोट हालिएको र सम्बन्धित ब्यक्तिले भोट लाग्दा भोट नदेखाएको छानबिन समितिले जनाएको छ ।

प्रतिवेदन अनुसार उक्त निर्वाचनमा एनआरएनए आईसिसीका एमआईएस सिस्टम हेर्ने ब्यक्ति, सिस्टम डेभलपर कम्पनी तथा व्यक्ति र एनआरएनए आइसिसी एमआईएस बिभागको समेत संलग्नता हुनसक्ने भन्दै त्यस विषयमा थप छानबिन गरि कारबाही गर्नुपर्ने छानबिन समितिको निष्कर्ष रहेको छ ।

https://www.facebook.com/mallarajan/videos/563596748322474

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...