सिलबन्दी र लेबलिङ नलगाईएको ३ सय ५० केजी एसिड बरामद - Naya Online

सिलबन्दी र लेबलिङ नलगाईएको ३ सय ५० केजी एसिड बरामद

कास्की, १४ भदौ । पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित ग.३ च ११४३ नम्बरको जिपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र सोही महानगरपालिका-२ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्नको लागि राखेको ३ सय ५० केजी एसिड बरामद गरी उक्त कार्यमा संलग्न ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जिप चालक चितवन भरतपुर महानगरपालिका-४ बेलचोक बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका-१५ स्थायी घर भएका १९ वर्षीय मिन बहादुर भारती, सोही जिपमा सवार चितवन भरतपुर महानगरपालिका-२ बस्ने मोरङ बिराटनगर महानगरपालिका-२ घर भएका २९ वर्षीय केशब सिंह र अभिषेक औजार पसलका संचालक पोखरा महानगरपालिका-२ मोहोरिया टोल बस्ने बाग्लुङ, बाग्लुङ नगरपालिका-७ ढिकीचौर घर भएका ६३ वर्षीय बल बहादुर बिक रहेका छन् ।

कास्कीमा बिना इजाजत एसिडको ओसार पसार तथा बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले निग्रानी तथा अनुगमन गर्ने क्रममा उक्त परिमाणको एसिड बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...