आफ्ना ग्राहको लागि ‘स्ट्यान्डर टेलर’को वम्पर अफर - Naya Online

आफ्ना ग्राहको लागि ‘स्ट्यान्डर टेलर’को वम्पर अफर

काठमाडौ १४ भाद्र । सफल कपडा ब्यवसायीको रूपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को परिचय सिनेकर्मी पनि हो ।

उनी बनेपास्थित शुभकामना सिनेमा हलका सञ्चालक पनि हुन् । सिनेमा क्षेत्रमा आफू जोडिए पनि ती काम नामको लागि मात्र भएको र घरपरिवार भने कपडा व्यवसायबाटै चलिरहेकोे उनको भनाई छ ।

२०४२ सालदेखि बागबजारस्थित ‘स्ट्यान्डर टेलर’ सञ्चालनमा ल्याएका प्रधानले आफ्ना ग्राहकका लागि बम्पर अफर ल्याएका छन् ।

कोरोना कहरका कारण व्यवसाय ठप्प छ । त्यसैले स्टक सामान पनि नरहने र आफुलाई पनि केही राम्रो हुने भन्दै कपडा र सिलाई सहित नयाँ सुट रु. ६,००० र सर्ट तथा पाईन्ट रु. २,५०० अब ग्राहककोे घर, अफिसमै पुगेर कपडाको स्याम्पल देखाई उहाँहरूको रोजाई अनुसारको कपडा तयार पारी ग्राहकको पाएक पर्ने स्थानमै डेलिभरीको सुविधा मिलाइएको प्रोपाइटर दुर्गालाल प्रधानले जानकारी गराएका छन् ।

उनले ११ हजार पर्ने सुटलाई ६ हजारमै ‘अफर’ दिएका छन् । आफैले कपडा छानेर होस् वा रेडिमेड, सबैमा उनले यस्तो अफर ल्याएका हुन् । पुरुषका सम्पूर्ण पहिरनमा अहिले अफर ल्याएका छौँ’, उनले भने ।

कोरोनाले ग्राहक तथा व्यवसायी सबैको अवस्था उस्तै भएकोले सबैको राहतका लागि आफुले यस्तो अफर ल्याएको उनले बताए । यो अफर २०७८ साल बैशाखको शुभकामना आदान प्रदान पश्चात सक्किने छ ।

कपडा ब्यवसायमात्र गरेको भए आफ्नो परिचय त्यतिमै सिमित रहने थियो, सिनेमा क्षेत्रमा लागेकोले आफ्नो चौतर्फी परिचय बनेको र देश, विदेश घुम्ने अवसर मिलेको भन्दै उनले खुशी व्यक्त गरे ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...