तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड हुँदै - Naya Online

तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड हुँदै

काठमाडौं, १४ भदौं । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ हुने भएको छ ।

अर्थ नेपाल प्रालिलेको आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लािग आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अवार्डको दुई संस्करण भव्यरूपमा सम्पन्न भइसकेको छ ।

कोभिडको कारण सुस्ताएको नेपाली संगीत क्षेत्रलाई चलायमान बनाउन तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ गर्न लागिएको आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ ।

यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा २०७६ बैशाखदेखी २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले जानकारी दिए ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।

तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...