नागरिकता विधेयक परिमार्जन गरी सबै नेपाली नागरिकलाई नागरिकता दिनुपर्छः उपेन्द्र यादव - Naya Online

नागरिकता विधेयक परिमार्जन गरी सबै नेपाली नागरिकलाई नागरिकता दिनुपर्छः उपेन्द्र यादव

काठमाडौ, १३ भदौ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पहाड र मधेसका जिल्लाहरुलाई मिसाएर प्रदेशहरु बनाइएको हुँदा समस्या भएको बताउदै राज्य पुनर्संरचना गलत हुँदा नागरिकमा भाषाको समस्या भएका बताए।

आइतबार भैरहवामा जनता समाजवादी पार्टीले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले राज्य पुनर्संरचना गलत हुँदा हिन्दीमा बोल्दा पहाडका साथीहरुलाई, नेपालीमा बोल्दा मधेसका साथीहरुलाई भाषा बुझ्न् गाह्रो हुने बताए ।

त्रुटिपूर्ण र विभेदकारी संविधान संशोधन गरी सात प्रदेशको संरचना बदल्नुपर्ने बताए । यादवले सबै समुदायको पहिचान र अधिकारका लागि राज्य पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा ११ प्रदेश बनाउनु पर्नेमा जोड दिए ।

त्यसैगरी निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए । उनले सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए । मधेशी नागरिकलाई विदेशी सरहको नागरिकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनले बताए ।

केपी ओलीले दुई पटक संसद विघटन गरेर संविधानमाथि ‘कू’ गरेतापनि आफूहरूले असफल बनाइदिएको यादवको बताए । प्रतिनिधि सभा पुनःस्थापनले गणतन्त्र संघीयता समावेशिता बचेको भन्दै यादवले थप अधिकारका लागि संविधान संसोधन गर्नुपर्ने बताउदै आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर समूह भने प्रतिगमनको मतियार बनेको उनको आरोप छ । उनले महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने केपी ओलीको मतियार बनेको आरोप लगाए ।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसद हुने शासकीय प्रणाली पार्टीको एजेण्डा रहेको भन्दै यादवले महँगो निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताए ।

राज्यले विपन्न वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्नुपर्ने त्यसैगरी नागरिकता विधेयक परिमार्जन गरी सबै नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने यादवले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...