अमेरिकामा नेपाली निर्देशकको दिनचर्या र योजना - Naya Online

अमेरिकामा नेपाली निर्देशकको दिनचर्या र योजना

काठमाडौं, १२ भाद्र । बिदेशी भूमिमा रहेर नेपाली चलचित्र निर्माणप्रकृयालाई सुक्ष्म रूपले मुल्याङ्कन गरिरहेका वरिष्ठ निर्देशक, निर्माता कृष्ण चापागाईंले नेपाली चलचित्र क्षेत्र पछिल्लो समय धरासायी बन्दै गएकोमा चितन्ता ब्यक्त गरेका छन् ।

चलचित्र क्षेत्र नै नबुझेकालाई प्रलोभन देखाएर लगानी गर्न लगाउने र सतप्रतिशत डुबाईदिनेमात्र नभएर म्युजिक भिडियो निर्देशन गर्नेलाई ठूलो बजेटको चलचित्र निर्देशन गर्ने जिम्मेवारी दिंदा पनि यतिबेला यो क्षेत्र थला परेको निर्देशक चापाँगाईको बुझाई छ ।

नयाँको चुरिफुरी क्षणिक देखियो त्यसैले आफ्नो समयमा चलेका पुराना कलाकार, प्राविधिक लिएर चलचित्र निर्माण गर्ने गृहकार्यमा केही निर्देशकहरू यतिबेला जुटेका छन् ।

कोरोना कहरपछि नेपाली चलचित्र क्षेत्र नराम्ररी प्रभावित बनेको र यो अवस्थामा कसरी सिने क्षेत्रलाई चलायमान बनाउँन सकिन्छ भन्ने उदेश्यले एकजमनाका चल्तिका निर्देशकहरू केपी पाठक, दिनेश कार्की, अनिल संग्रौला, कृष्ण चापागाई र किशोर सुब्बा निर्माणधिन चलचित्रको बिषयमा अमेरिका स्थित भेला भएर छलफल गरिरहेका छन् ।

जतिसुकै चलेको कलाकार वा स्टारडमको ट्याग भिरेका स्टारले खेलेको चलचित्र नै किन नहोस्, हामीलाई थाहा छ नेपाली चलचित्रको कमाई कति हुन्छ भन्ने, आफुहरूलाई रामो ज्ञान भएको र बिशेष शोको लागि अमेरिका पुर्याएका नेपाली चलचित्रको बारेमा निर्देशक चापागाईं भन्छन्– ‘पच्चिस र पचास लाख लिने कलाकार खेलेको चलचित्रको टिकट बिक्दैन यहाँ बरु मह जोडीको टिकट सजिलै बिक्छ । फलाना चलचित्रले अमेरिकामा यति कमायो उति कमायो भन्ने हल्लामात्र हो ।’

नेपाली चलचित्र निर्माण शैलीमा नयाँपन दिनको लागि आफूहरूले कलाकार, सङ्गीतकार, क्यामराम्यान, द्वन्द्वलगायत पर्दा पछाडी रहेर काम गर्ने प्राविधिकलगायत सबै पुरानालाई समेटेर चलचित्र ‘खतरा’ निर्माण गर्ने अन्तिम तयारी भैरहेको निर्देशक चापागाईको भनाई रहेको छ ।

फरक कार्यमा व्यस्त किशोर सुब्बा
अन्य निर्देशकभन्दा किशोर सुब्बा अलि फरक ढङ्गले अगाडि बढेका छन् ।

अमेरिका पुगेर कविता सङ्ग्रह काश जिन्दगी ! बजारमा ल्याएका सुब्बाले जेपीजे इन्टरटेन्मेन्ट नामक युट्युव च्यान चलाइरहेका छन् । च्यानलमा घुयेत्रो नामक सिरियल नियमित प्रशारण भइरहेको छ । त्यसैगरी हेल्लो अमेरिका नामक कार्यक्रमको निर्माण तथा निर्देशन गरिरहेका छन् । उक्त कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरूको जनजीवनलाई उतार्ने कार्य गरिरहेको छ ।

हालै नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले आयोजना गरेको नेपाल इण्डिजिनियस फिल्म फेस्टिभलमा निर्णायक बनेका सुब्बाले नयाँ चलचित्रको लागि केही स्क्रिप्टहरूको अध्ययन पनि गरिरहेका छन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...