म्यूजिक भिडियोमा सम्बन्ध - Naya Online

म्यूजिक भिडियोमा सम्बन्ध

दमक, १२ भदौ । सञ्चारकर्मी देशराज नेम्बाङको छायंकन र निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सुरज जबेगुको शब्द, संगीत र मिक्स एण्ड मास्टरिङमा तयार भएको गीत काव्य रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो ।

इलाम र झापाका विभिन्न ठाउँमा छायाङ्कन गरिएको भिडियोमा कलाकारहरु सुरज जबेगु, मिना नेम्बाङ र शैलेश लिम्बुको अभिनय हेर्न सकिन्छ । भिडियोलाई सुरज जबेगुले सम्पादन गरेका हुन् ।

भिडियोमा वैदेशिक रोजगारका कारण परिवारमा आएको सामाजिक विचलनको कथा प्रस्तुत गरिएको छ । कथामा श्रीमान श्रीमती हुन्छन् । उनीहरुबिच प्रगाढ माया हुन्छ । दाम्पत्य जीवन सुखद चलिरहेको हुन्छ । एकदिन अचानक श्रीमानले विदेश जाने निर्णय सुनाउँछ । श्रीमती दुखी हुन्छिन् । तथापी श्रीमान विदेश जान्छ । जब विदेशबाट फर्कन्छ । श्रीमतीको अर्कैसँग माया बसेको हुन्छ । त्यसपछि श्रीमान विरक्त जीवन भोग्दै भिडियो अत्य हुन्छ ।

यो म्यूजिक भिडियो नेम्बाङको दोस्रो निर्देशन हो । यसअघि मन्जिल बस्नेतको शब्द/संगीत, अजय लिम्बुको स्वरमा रहेको गीत ‘सुर्यको पहिलो किरण…’ को म्यूजिक भिडियोबाट डेब्यू गरेका थिए ।

समदर्शी टिभीको प्रस्तुति एवं मुनाल प्रोडक्सनको निर्माणमा बनेकोे भिडियो समदर्शी टिभी युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो यो लिङ्कमा हेर्न सकिनेछ

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...