साउदीमा आदिवासी जनजाति महासङ्घको पुनर्गठन, अध्यक्षमा खेम तमु - Naya Online

साउदीमा आदिवासी जनजाति महासङ्घको पुनर्गठन, अध्यक्षमा खेम तमु

दमाम, अरब । खेम तुमुको अध्यक्षतामा आदिवासी जनजाति महासङ्घ, राष्ट्रिय समन्वय समिति साउदी अरब पुनर्गठन भएको छ । पुनरगठन २७ अगस्ट शुक्रबारका दिन साउदिको अल–खोबर स्थित क्लासिक रेस्टुरेन्टमा भएको हो ।

ंतमुको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष नवराज योन्जन तामाङ, उपाध्यक्षहरूमा भिमसरी पुन मगर, लालबहादुर मगर र बसन्त चेन्जी माबो चयन भएका छन् भने महासचिवमा रोशन श्रेष्ठ, उपमहासचिवमा रबिन थुलुङ राई, सचीवमा सुमन सहयात्री योङहाङ, कोषाध्यक्षमा चित्र कुमार चाम्लिङ, सहकोषाध्यक्षमा ओमबहादुर कुमाल, सहसचिवमा मोति चेम्जोङ र प्रवक्तामा विजय लामा चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा जितमान गुरुङ, दुर्गा आले मगर, मित्र मणि राई, भिमा लिम्बू, प्रेम इजम लिम्बू, बलबहादुर कुमाल, अकल प्रधान, अन्जान गुभार्जु, राममाया तामाङ, मिना तामाङ, राज श्रेष्ठ, भिम मगर र पुष्पा राई चयन भएका छन् ।

नेपाली दुतावास रियादका श्रम कन्सुलर जिवनकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्रमश बिशिष्ट अतिथिहरू नेपालि दुताबास रियाद पुर्व क्षेत्रका स्थानीय जनसम्पर्क अधिकारी हरिप्रसाद घिमिरे, नेपाल आदिवासी जनजाति महासङ्घ नेपालका केन्द्रिय अध्यक्ष जगत बराम, साउदीका संस्थापक अध्यक्ष केशरमान गुरुङ रहेका थिए ।

कार्यक्रममा अतिथीहरू अन्तर सस्था समन्वय समिति साउदी अरबका अध्यक्ष श्रीकृष्ण पुरी, आप्रवासी कामदार समाजका धरम केसि, दिदि बहिनि समुहका अध्यक्ष तुलसीमाया गुरुङ, एकिकृत राष्ट्रिय बिश्वकर्मा समाज साउदिका अध्यक्ष टेकबहादुर बिश्वकर्मा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय सदस्य श्री यवा लिम्बू लगायतले साउदिमा कार्यरत अन्य विभिन्न संघ संस्थाहरूलाई भर्चुअल मार्फत शुभकामना व्यक्त गरेका थिए ।

आदिवासीहरूको अस्तित्व, पहिचान, भाषा, लिपि, संस्कार,संस्कृतिहरूको संरक्षणको लागि स्थापित ‘आदिवासी जनजाती महासङ्घ साउदी अरब’ सन् २००५ मा स्थापना गरिएको थियो । तर सन् २०१२ देखि निष्क्रिय रहेको थियो ।

नेपाल आदिवासी जनजाती महासङ्घ राष्ट्रिय समन्वय समिती साउदी अरबको संरक्षक समितीमा ओम घले, जेन कुमार लामा र श्रीप्रसाद यावा लिम्बू रहेका छन् भने सल्लाहकार समितिको प्रमुख सल्लाहकारमा बिरेन्द्र चौधरी, सल्लाहकारहरूमा प्रेम सिन्जाली मगर, राजेश सेन्दाङ, लिम्बु सुर्य श्रेष्ठ, जयदेव चाम्लिङ राई, नारायण गुरुङ्ग र तुलशी माया गुरुङ चयन भएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...