काठमाडौ, १२ भदौ । अमेरिकी सेनाले अफगानिस्तानको नाङ्घहार प्रान्तमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको जनाएको छ ।
बिहिबार भएको उक्त हमलामा एउटा ड्रोनको प्रयोग गरिएको र त्यसले इस्लामिक स्टेटका सदस्यलाई मारेको उल्लेख गरेको छ ।
अफगानिस्तानमा गरिएको पहिलो ड्रोन हमला भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने, बदला दिने बताएका थिए ।
इस्लामिक स्टेट खोरसान अर्थात आइएस–के भन्ने समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।