कविता: कविता लेखेर जाउ - Naya Online

कविता: कविता लेखेर जाउ

तीर्थराज विश्कर्मा

मलाई यस्तो लाग्दैछ अहिले
गोलीले खत बसेको मेरो शरीरमा र..गत
होइन आक्रोश बग्दै छ ।

यो धामी जस्तै कामिरहेको
शरीर किन मलाई मेरो
आफ्नै हो जस्तो लाग्दैन ?

मेरो आँखा
विस्तारै–विस्तारै धमिलो हुदैछ
तर यो मेरो मस्तिष्कले चाँही
भुतकाललाई किन रङ्गगिन
रङ्गगिन देखिरहेको छु ?

म गोठमा ग्रसित
गनाउने भएर सुतिरहेको छु
उ महलमा मनोरञ्जन गर्दै
मस्त सुतिरहेको छ

अहिले मलाई युवा हुन मन छ
चिनीचिनी यो चरीत्रहिन् मान्छेहरूलाई मैले खाल्डोमा पुरेर
राखेको बन्दुक झिकेर
काँधमा भिरेर सिध्याउने मन छ

अहिले त
आफ्नो लागी आफै पानी
सारेर खान नसक्ने म
बन्दुकले हानेर कसरी
मार्न सक्छु ?

त्यही भएर कवि तिमी आउ
मेरो अनुहार पढेर एउटा
क्रान्तिकारी कविता लेखेर जाउ
ताकी त्यो कविता
जोकोहीले पढ्ने बित्तिकै
ति चरीत्रहिन् मान्छेहरूलाई
एकछिन्मा मार्न सकोस्

त्यसैले कवि तिमी आउ
एउटा क्रान्तिकारी कविता लेखेर जाउ ।

धरान

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...