साहित्यमा नयाँ विधा, केस्रा र सहयात्री - Naya Online

साहित्यमा नयाँ विधा, केस्रा र सहयात्री

देवेन्द्र सुर्केली

मदन पुरस्कार गुठी पुस्तकालयले आफ्ना पुस्तकालयमा रहेका हरेक पुस्तकको सूचि वेवसाइटमा राख्ने गर्दछ । पुस्तक दर्ता नम्बरसहित राख्ने विवरणमा पृष्ठसंख्या, प्रकाशन वर्ष, पुस्तक साइज, आइएसबीएन नम्बर, मुद्रक, विधा सबै खुलाउने गर्दछ । त्यहि दर्ता नं. अनुसार पुस्तक पढ्न गएमा तुरुन्त उपलब्ध हुने गर्दछ ।

गजलकार कलिराम घर्तिमगरको मलेसियामै प्रकाशित भएको ‘पुस्तक वेदनाका छालहरू’ सूचि राख्नेक्रमको कैफियतमा भने ‘धेरै मन्तव्यहरू’ राखेको रहेछ । अर्थात शुभकामना, मन्तव्यजस्ता कुराले पुस्तक बोझिलो बनाउनेरहेछ भन्ने कुरा यस सूचिबाट थाहा पाउन सकिन्छ ।

मलेसियाको क्वालालम्पुरमा नयाँ विधा केस्राको प्रथम संग्रह ‘सहयात्री’ विमोचनको क्रममा समिक्षक निश्चल परदेशीले अनावश्यक शुभकामना मन्तव्यले पुस्तकलाई विरूप बनाएको टिप्पणी गरेपछि कैफियतको धेरै मन्तव्यहरूको सम्झना भयो । शुभकामना दिने नाममा आफ्ना मनका गुम्फनहरू लेखेर दिने अनि अरुका गुम्फनलाई आफुले खर्च गरेर किन छाप्ने ? भन्ने प्रश्न थियो परदेशीको ।

हुन पनि राज आङ्देम्बे सहयात्रीको नविनतम कृति ‘सहयात्री’मा १८ वटा शुभकामना छन्, त्यो पनि भूमिका, प्रकाशकीय, लेखकीय र केस्रा दस्तावेजलाई नजोडिकन । १०८ पेजमा यतिका संख्यामा भूमिका र मन्तव्य भएपछि रचना चाही कति छन् र ? यो प्रश्न टड्कारो उठ्ने गर्दछ ।

सामान्यतया केस्राको बनौट ३ हरफे हुन्छ अर्थात ६ लाइनको । त्यसैले प्रत्येक पेजमा २ वटा केस्रा राख्दा पनि ११४ वटा केस्रा नअटाएका भने होइनन् ।

नेपाली भाषामा धेरै साहित्यिक विधाहरू आयतित छन् । जापान जाने नेपाली विद्यार्थीहरूले हाइकु लिएर आए । कोरिया गएका नेपालीहरूले सिजो लिएर आए । गजल फारसी, उर्दुहुँदै आयो । रुवाई पनि अरेवियाबाट नेपाल आइपुग्यो । पछिल्लोपटक केस्रा नेपाल पुग्दा नेपालीहरू झस्किए, यो चाही मलेसियन साहित्य हो कि क्या हो ? तर केस्रा मलेसियन थिएन ।

मलेसियामा कार्यरत नेपालीहरूद्वारा प्रतिपादित नौलो विधा थियो । यसको विमोचनको समयमा साहित्यकारहरू गोविन्दराज भट्टराई, श्रवण मुकारुङ, श्रीओम श्रेष्ठ ‘रोदन’ तथा राजन मुकारुङ विशेष चासोका साथ हेर्ने मन्तव्य दिएका थिए । छोटो समयमा नै यस विधा सम्बन्धि केही चर्चाहरू छापामा टङ्कीत छन् । हुन त केस्राको दस्तावेज र प्रथम केस्रा संग्रहका भूमिकाकार गोविन्दराज भट्टराईले यसलाई नयाँ विधाको रूपमा नलिई कविताकै एउटा रूप मान्न आग्रह गरेका छन् । तर, केस्राका प्रवर्त
क र प्रवक्ताहरू यो मान्न तयार छैनन् । विधाकै रूपमा परिभाषित गर्दै अगाडि बढेका छन् ।

छोटो रचनाहरू मुक्तक, रुवाई, तांका, छोक, हाइकु नेपाली साहित्यमा लेखिँदै आइएका छन् । यसमा रुवाई र मुक्तकको संरचना एउटै छ । रुवाई लेखनका पक्षपाती प्रकाश आङ्देम्बे रुवाई नै खास रूप हो भन्छन् । अर्थात रुवाई आएको बेला विधाको नामकरण भइनसकेकोले मुक्त कविताको छोटो रूपमा मुक्तक बनाइएको ठहर छ । चार लाइनको मुक्तक लेखन आफैँमा मुक्त छैन । झनै नियमवद्ध भएको छ । हाइकु/सेन्र्युलाई संसारकै सबैभन्दा छोटो साहित्यिक रचना भनिन्छ । तर धरानका पत्रकार/साहित्यकार गोपाल देवानले ‘क्रिमुक’ नामक मात्र ९ अक्षरको साहित्यिक विधाको प्रतिपादन गरेका छन् । जसको शिर्षक ३ अक्षरको र पेटबोली ६ अक्षरको हुन्छ ।

२०÷२२ वर्ष अगाडि नै प्रतिपादित भएको क्रिमुक अहिलेकोजस्तो सामाजिक सञ्जाल भए छिट्टै ठूलो रूपमा लिन सक्थ्यो । बाँकी छोक (छोटो कविता) र तांका त एक झड्कामा भनिसक्ने रचनाका रूपमा परिचित छन् ।

‘केस्रा’ जन्मिदैमा दोषरहित भएर जन्मिएको छैन । यसलाई गजलकै सानो रूपको आक्षेप लाग्दै आएको छ । किनभने गजल ३ हरफदेखि १६ हरफसम्मै लेखिइन थालेको छ । तसर्थ गजलकारहरूले यसलाई तीन हरफे गजलको संज्ञा दिन सक्छन् । यद्यपि गजलमा स्थायीले प्रत्येक अन्तरालाई बाँध्दै लैजान्छ भने केस्रामा अन्तिमको हरफले पनि स्थायीको आकारमा बाधिन्छ । यसको फरक यति हो । गजल वाचन हुँदा अन्तराले स्थायीलाई समात्दा गज्जबको मिठास आउँछ । तर केस्रा वाचनमा अन्तिम अड्किएजसरीको वाचन खल्लो हुन जान्छ ।

अर्को कुरा केस्राको परिभाषाअनुसार ‘जीवनको कुनै एक अवस्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण विषयवस्तुमा हुने कुनै एक खण्ड वा एक अंशलाई मात्र सुक्षम पहिचान गरी सोही पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्य उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै केस्रा’ भनिएको छ । तर, आधिकांस केस्रा अध्ययन गर्दा एक अंशलाई मात्र उठाइएको हुन्न । फेरि उठ्नैउठ्नै लागेको विषयहरू पनि नियमवद्ध हुनुपर्दा चिप्लिएको पाइएको छ ।

नेपालमा छँदै साहित्यमा सक्रिय राज आङ्देम्बे सहयात्रीको मुख्य लेखनविधा गजल, गीत, मुक्तक, रुवाई र केस्रा हो र सृजनाका स्वरहरू (संयुक्त गजल संग्रह २०११) र समुन्द्र दन्केपछि (संयुक्त गजल संग्रह २०१३) पछि तेश्रो कृति हो । एकल संग्रहको रूपमा भने केस्रामा बाजी नै मारेका छन् । यसले केस्रालाई संस्थागत गर्नमा निकै मद्दत पुगेको छ । गजलमा झैं एक बसाइँमा काफिया खोज्ने, उभीउभी गजलको संरचना कोरिसक्ने र २०/३० वटा लेख्नसाथै कृतिको लागिपर्ने रोग यस्ता छोटा रचनाले ल्याउने सक्ने पनि देखिएको छ । यसप्रति केस्रा प्रतिपादक र प्रवक्ताहरू सजग हुनु जरुरी छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...