माछा खोज्ने मलेहरू, भात खोज्ने गोर्खालीहरू, गोर्खा भूपूहरूको समस्या - Naya Online

माछा खोज्ने मलेहरू, भात खोज्ने गोर्खालीहरू, गोर्खा भूपूहरूको समस्या

निनाम कुलुङ ‘मंगले’

माथिको शीर्षकमा राखिएको पहिलो शब्दहरू, क्रमशः ‘माछा खोज्ने मलेहरू, भात खोज्ने गोर्खालीहरू..’ सम्मको शब्दहरू मेरो मौलिक शब्द होइनन् । जुन शब्द मैले बलदीप प्रभाश्वर चाम्लिङको ‘जातीय मुक्ति र लोकतन्त्र’ किताबबाट लिएको हुँ । उनले लाहुरेप्रथा (गोर्खा भर्ती !) बारे लेख्ने क्रममा उनी आफू सानो छँदा आफ्नो हजुरबाले बेलायती सेनामा भर्ती भएर मलेसिया (गाउँले ठेट बोलीचालीमा मलाया) को जंगलमा खटिदाको अनुभवलाई स्मरण गर्दै सुनाएको (अनुभव कथा) सम्झँदै लेख्दै क्रममा लेखेका छन्, ‘मेरो हजुरबाले मलाई बाल्यकालमा यस्तो कथा सुनाउनुहुन्थ्यो– “एक दिन मलायाको (हाल मलेसिया) को जंगलमा कम्युनिस्ट गुरिल्लालाई सर्च गर्दै उहाँहरू खोलाकिनार पुग्नुभएछ । सो खोलामा लाम लागेर नाङ्गैभुतुङ्गै मलेहरू माछा मार्दैरहेछन् ।

मेरा हजुरबाका साथीहरूमध्ये एकजनाले मलेलाई औंल्याउँदै हेयको दृष्टिले मले भाषामै भनेछन् “ओ साथीहरू हो, लौ हेर ! माछा खोजिहिँड्ने जातिहरू ।” त्यो आवाज मलेमध्ये एकको कानमा पुगेछ । त्यो मले पनि के कम । उसले पनि हजुरबाहरूलाई औंल्याउँदै जवाफ दिएछ “ल हेर साथीहरू ! यिनै हुन् भात खोजी हिँड्ने गोर्खाली जातिहरू !”

वास्तवमा हामी नेपालीहरू आजभोलि पनि विदेश त जाने गरेकै छौं । जाने गरेको मात्रै होइन कि, ऊ वेलाको भन्दा पनि हजारौं गुणा बढी नेपालीहरू आजकाल विदेशमा विभिन्न उदेश्यले जाने गरेका छौं । कतिलाई खाई जीविका चलाउनका लागि विदेश जानु परेको छ । कतिलाई स्वदेशमा भन्दा अलि बढी पैसा कमाउने (बचत गर्ने) लोभ र उदेश्यले विदेश जानु परेको छ । कतिलाई अस्थाई प्रकृतिको रोजगार गरेर केही जायजेथा जोड्न (खास गरी घरघडेरी जोड्न) का लागि विदेश जानु परेको छ ।

त्यसो त आजभोलि कतिपय नेपाली युवायुवतीहरू र उनीहरूका अविभावकहरूलाई नेपालको पढाई लेखाई राम्रो नलागेर पढाई लेखाई (उच्च शिक्षा) का लागि पनि विदेश जानु परेको (आफ्ना छोराछोरी विदेशमा पढ्न पठाउने गरेका छन्) छ । त्यस्तै नेपालका केही धनीमानी वा नव सम्भ्रान्त अथवा भनौं मध्य वर्गका नेपालीहरू त आजकाल घुमफिरका लागि पनि विभिन्न देशमा जाने गरेका छन् ।

तर, त्यो बेला अर्थात् हाम्रा जिजु, बराजु, बाजे र बाबु (चाप फोपा, फोपा र पापा) हरूका पालासम्म हामी नेपालीहरूले पक्कै पनि मलेहरूले भनेझैँ भात खोजिखानकै लागि खासै विदेश जानुपर्ने वाध्यता थिएन वा भनौं पर्थेन ।

तर, पनि बलदीप प्रभाश्वर चाम्लिङको हजुरबाले बेलायती सेनामा भर्ती भएर मलेसियाको जंगलमा खटिदाको अनुभवलाई सुनाउँदै मलेसियाको जंगलमा कम्युनिस्ट गुरिल्लालाई सर्च गर्दै जाँदा खोलाकिनार पुग्दा सो खोलामा लाम लागेर नाङ्गैभुतुङ्गै माछा मार्दै गरेका मलेहरूलाई जसरी नेपाली (गोर्खाली) हरूले हेयको दृष्टिले मले भाषामै “ओ साथीहरू हो, लौ हेर ! माछा खोजिहिँड्ने जातिहरू ।” भनी हेपेर भनेपछि मलेहरूले पनि जवाफी फायर गर्नेक्रममा नेपालीहरूलाई औंल्याउँदै दिएको मुखभरिको जवाफ जुन “ल हेर साथीहरू ! यिनै हुन् भात खोजी हिंडने गोर्खाली जातिहरू !” भन्ने, वाक्य छ, त्यसले हामी कथित् स्वभीमानी भन्ने र भनिने नेपालीहरूका लागि मनमा किलो बनेर नगड्ने त कुरै भएन । मन–मुटु नबिझाउने पनि कुरै भएन ।

फलतः बलदीप प्रभाश्वरका हजुरबालाई “माछा खोज्ने” र “भात खोज्ने” शब्दले घोच्यो अरे र, आफ्नो हातका भएको बन्दुक त्यही खोलामा फ्याकेर तुरुन्तै घर जाउँजाउँ लाग्यो रे, छुट्टिमा घर आएपछि पुनः पल्टनमा हाजिर हुन जानु भएन अरे ! …

जे भए तापनि मलेहरूले हाम्रा जिजु, बराजु, बाजे र बाबु (चाप फोपा, फोपा र पापा) हरूलाई जसरी ‘माछा खोजीहिँड्ने जातिहरू !’ भन्ने शब्दको जवाफी फायरमा “ल हेर साथीहरू ! यिनै हुन् भात खोजी हिंडने गोर्खाली जातिहरू !” भन्ने जुन शब्दको वाणले हाने, त्यो शब्दको वाण निश्चय नै जो कोही स्वाभिमानी नेपालीहरूका लागि पाच्य वा सह्य हुने कुरै थिएन । तर, वास्तविकता त त्यही थियो, जो मलेहरू खोलामा माछा खोजिहिँड्दै थिए, उनीहरू आफ्नै देशको खोलामा माछा खोजिहिँड्दै थिए भने, मलेहरूले भनेझैँ जो “भात खोजिहँड्दै थिए !” उनीहरू सात समुन्द्रपारि अर्काको देशमा … खोजिहिँड्दै थिए ।

तर, फेरि पनि भन्नु पर्दा त्यो वेला अर्थात् हाम्रा जिजु, बराजु, बाजे र बाबु (चाप फोपा, फोपा र पापा) हरूका पालासम्म हामी नेपालीहरूले पक्कै पनि मलेहरूले भनेझैँ भात खोजिखानकै लागि खासै विदेश जानुपर्ने वाध्यता थिएन वा भनौं पर्थैन । त्यो वेला हामी नेपालीहरूमध्ये प्रायः कसैले पनि पनि भात खाजेर खानलााई विदेश जानुपर्ने अवस्था आई सकेको थिएन भनी किटानी साथ भन्न सकिन्छ ।

आदरणीय पाठक महानुभावहरू, लेखभन्दा लामो भूमिका भयो है ! जे होस्, बेलायती सेनामा कार्यरत रहेका भूतपूर्व बेलायती गोर्खा सैनिकहरूले फेरि पनि गत साउन तेस्रो हप्तादेखि थाती रहेका आफ्ना मागहरू पूरा गराउन बेलायतको राजधानी लन्डनस्थित बेलायती प्रधानमन्त्री निवास अगाडि सत्याग्रह संयुक्त सघर्ष समितिको ब्यानरमा सुरु गरेको र, लामो समयदेखि थाँती रहेको विभिन्न मागहरू पूरा गराउनका लागि विभिनन कार्यक्रमहरू जस्तै सत्याग्रह, आमरण अनसन, रिले अनसन, भोक हड्ताल लगायत आन्दोलनको कार्यक्रम सुरु भएको थियो । तर, बेलायती भूपू गोर्खा सैनिकहरूको सो सत्याग्रह, भोक हड्ताल, आमरण अनसन, रिले अनसन लगायतका आन्दोलन स्थगित भएको छ । जुन आन्दोलन अर्थात् संघर्षको नेतृत्व भूतपूर्व बेलायती सेनाका ज्ञानराज राई, धनप्रसाद गुरुङ, पुष्पा राना घले, एसबी घिसिङ लगायतले गर्नु भएको थियो ।

उहाँहरूको सो आन्दोलनलाई बेलायतको विपक्षी दल लेबर पार्टीले पनि ऐक्यवद्घता जनाएको थियो । त्यसैले पनि होला, यस पटक तत्कालै बेलायत सरकार मातहत रहेको रक्षा मन्त्रालयको प्रवक्ताले भूतपूर्व बेलायती गोर्खा सैनिकहरूको बेलायत सेनामा रहेर गरेको ठूलो योगदानको मूल्यांकन गरेर गोर्खाहरूको उपचार र पेन्सनको व्यवस्था गरेको तथा बेलायतको पेन्सन प्रावधानलाई ध्यानमा राखी उचित र न्यायोचित पेन्सन वितरण गर्न प्रतिवद्ध रहेको भनी वक्तव्य जारी गरेका थिए । त्यसैले पनि तत्काललाई भूपू बेलायती गोर्खाहरूले आमरण अनसन तोडेका छन् ।

तर, नेपाली उखान ‘कागभन्दा कोइली चंखो’ भनेझैँ बेलायत सरकारले साँच्चै भूतपूर्व गोर्खा सैनिकहरूको न्यायपूर्ण र जायज मागहरू पूरा गर्ला त ? आशा गरौं, लामो समयदेखि विश्वलाई नै समानता, मानवअधिकार, प्रजातन्त्र र लोकतन्त्रको पाठ सिकाउने बेलायत सरकार र बेलायती जनताहरूले आफ्नो देश (बेलायतका लागि नेपालका लागि होइन) का लागि दुई सय ६/७ वर्षदेखि लडेका भूतपूर्व बेलायती गोर्खा सैनिकहरूका माग अबचाहिँ पक्कै पनि पूरा गर्ने छ । किनभने, बेलायत सरकार र बेलायती जनताहरूका लागि दुई सय ६/७ वर्षदेखि लडेका भूतपूर्व बेलायती गोर्खा सैनिकहरूको यो माग पक्कै पनि नाजायज र अनावश्यक फन्डा मात्रै पनि त होइन नि !?

ninamkirat123@gmail.com

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...